चितवन । पूर्वी चितवनको रत्ननगरमा ट्रकको ठक्करबाट दुई जना घाईते भएका छन् । तर ठक्कर दिने ट्रक भने फरार रहेकाे बताइएको छ ।
रत्ननगर नगरपालिका वडा नम्बर ३ स्थित तरकारी चोकमा पुर्वबाट पश्चिमतर्फ आउदै गरेको नम्बर नखुलेको ट्रकले विपरीत दिशाबाट आउदैं गरेको प्रदेश ३- ०३-००१ प २६२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा माेटरसाइकलमा सबार दुई जना घाइते भएका हुन् ।
दुघाइतेहरुलाई उपचारको लागि भरतपुर पठाइएको छ । मोटरसाइकललाई ठक्कर दिने ट्रक फरार भएकोले खोजी कार्य तिब्र पारिएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया