अजित अधिकारी
चितवन । माडीमा दिनप्रतिदिन बढिरहेको सवारी दुर्घटनाको क्रमले जनमानसमा त्रास छाएको छ । सडकमा पैदल यात्रा गर्दा होस् । या सवारी साधन चढ्दा या चलाउदा कहाँ कतिबेला के हुन्छ । भन्न नसकिने अवस्था अहिले माडीमा देखिएको छ । गत आर्थिक बर्षको तथ्यांक अनुसार, ३० वटा भन्दा बढी दुर्घटना भएको र दुर्घटनामा परि ११ जनाले ज्यान गुमाएको तथ्यांकमा उल्लेख छ । भने अन्य अङ्गभङ्ग भइ अपाङ्गता भएको प्रहरीको तथ्यांकमा उल्लेख छ ।

यसरी दुर्घटना एकपछि अर्को गर्दै, बढ्दै जानुमा चालकको लापरबाही, तिब्र गतीमा सवारी साधन चलाउनु, बिना सवारी साधन अनुमति पत्र, ट्राफिक नियमको पालना नगर्नु, मादक पदार्थ सेबन गरि सवारी साधन चलाउनु, ओभर ट्याक गर्न खोज्नु जस्ता तत्वहरु नै दुर्घटनाको कारक रहेको ईलाका प्रहरी कार्यालय माडीका प्रमुख झलक शर्मा पौडेलले बताए ।

उनका अनुसार, पछिल्लो समय दुर्घटना बढ्नुमा सडकको अबस्था रहेको भनेर प्रचार गर्नु नै भ्रम रहेको बताए । उनी भन्छन्, सडक दुर्घटना न्यूनीकरण गर्न सकिन्छ । तर कसरी चलाउने सवारी साधन भन्ने कुरा चालकमा भर पर्छ ।

दिनप्रतिदिन बढिरहेको सवारी दुर्घटनाले आँफुलाई नै चिन्तित तुल्याएको हुँदा, अब यसको रोकथाम र न्यूनीकरणका सन्दर्भमा स्थानीय सरकारसंग बहस गर्न लागेको बताए । अहिलेसम्म सवारी दुर्घटना रोकथामका लागि, सचेतना कार्यक्रम गर्दै आएतापनि यसले मात्र नपुग्ने हुँदा, दुर्घटना ग्रस्त क्षेत्रहरुमा ट्राफिक सन्देश एबम होडिङ्ग बोर्ड राख्नुपर्ने साथै कम्तीमा पनि २० थान वा तत्काल १० थान सडकमा सिसिटिभी जडान गर्नुपर्ने अपरिहार्य आबश्यकता रहेको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया