चितवन । चितवनमा कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ । पछिल्लो २४ घण्टामा मात्र चितवनमा थप १८ जनामा कोरोना संक्रमण देखिएको छ । यो तथ्याङ्कलाई हेर्दा चितवनमा कोरोना संक्रमण दर दुई दिनमानै दोब्बर बढेको देखिएको हो ।

गत चैत २७ गते कोरोना संक्रमण चार जनामा देखिएको जनस्वास्थ्य कार्यालय चितवनको तथ्याङ्कमा रेकर्ड रेहेको छ । त्यसपछि चैत ३० गते संक्रमण बढेर सात जनामा पुग्यो भने चैत ३१ गते अर्थात् मंगलबार मात्रै संक्रमण बढेर १४ जनामा देखिएकोे छ ।

यसरी चितवनमा कोरोना संक्रमण निरन्तर बढेर वैशाख १ गते सम्म १८ जना पुगेको देखिएको छ । सोमबारबाट बुधबारसम्म मात्रै दुई दिनमा कोरोना संक्रमण दोब्बरले बढेको होे । बुधवार थपिएका संक्रमित मध्ये १७ जना भरतपुरका छन् भने एक जना रत्ननगरका रहेका छन् । यो संगै चितवनमा संक्रमितको संख्या सात हजार दश पुगेको छ । हालसम्म चितवनमा कोरोना संक्रमणबाट ११२ जनाको ज्यान गइसकेको छ ।

तपाईको प्रतिक्रिया