चितवन । स्वास्थ्य मन्त्रालयले चितवनसहित १४ जिल्लाका विद्यालय बन्द गर्न सिफारिस गरेको छ । मन्त्रालयले बिहिबार एक बिज्ञप्ति जारी गर्दै चितवनसहित काठमाडौँ, रुपन्देही, कास्की, भक्तपुर, कैलाली, मोरङ, दाङसहितका १४ जिल्लाका शिक्षण संस्था बन्द गर्न सिफारिस गरेको हो । कोरोनाा भाइरसको कहर बढेसँगै मन्त्रालयले विद्यालयमा बालबालिका नलैजान अभिभावकलाई पनि अनुरोध पनि गरेको छ ।

सो अपिलमा मन्त्रालयले सबै १४ जिल्लामा रेष्टुरेन्ट, क्लबहरु, जात्रा, पर्व, नाँचघर, पार्टी प्यालेसलगायत सबै भीडभाड हुने स्थानमा नगएर स्वास्थ्य मापदण्ड कडारुपमा पालन गर्न पनि अपिल गरेको छ । कोभिडको संक्रमणबाट जोगिन संवेदनशिल बनेर जनस्वास्थ्यका मापदण्ड पालन गर्न गराउन मन्त्रालयको आग्रह रहेको छ ।

तपाईको प्रतिक्रिया