महेश पाण्डे
चितवन । सरकारी भएरपनि सेवाको हिसावले छोटो समयमा नै सवै बिरामीको रोजाईको अस्पताल बन्न सफल अस्पताल हो बकुलहर रत्ननगर अस्पताल । झट्ट नाम सुन्दा कुनै ठाउँ बिशेषको सामान्य अस्पतालको भान दिए पनि काम भने यो अस्पतालले असामान्य नै गरेको छ । असामान्य अर्थात आफ्नो क्षमता भन्दा बढि । अझ यसलाई प्रष्ट पार्दा जम्मा १५ वेडको क्षमतामा रहेको सो अस्पतालले हालका दिनमा कुनै ५० वेडको भन्दा बडि वेडको अस्पतालले दिने सेवा सुविधा दिएको छ । यसको जस जान्छ अस्पताल बिकास समिति र अस्पतालका मेसु डा. बिश्व बन्धु बगालेलाई ।

अस्पताल बिकास समिति र अस्पतालका मेसु डा. बिश्व बन्धु बगालेको सोच मिले पछि एक पछि अर्को गर्दै सो अस्पतालको सेवा थप हुदै गएको छ । जस अनुसार सो अस्पतालमा आउने बिरामीले टिकट लिनको लागिनै घण्टौ लाईन बस्नुपर्ने गुनासो आएपछि त्यसलाई समाधान गर्न घरमा बसेरनै अनलाईनबाट टिकट काट्न सकिने ब्यवस्था मिलाएको डा. बगालेले जानकारी दिए ।

उनले सो अस्पताल हालका दिनमा रत्ननगर नगरपालिका मार्फत सञ्चालन भइरहेको जानकारी दिदै जसको स्तरिकरणको काम भइरहेको बताए । उनले निकट भविष्यमा एनआइसियु र आइसियु लगाएतको केहि सेवा सुविधा थप हुने बित्तिकै बिरामी अरु अस्पतालमा जान नपर्ने बरु अन्तबाट पनि रिफर भएर सोहि अस्पतालमा आउने बताए ।

अस्पतालमा जग्गाको अभाव रहेकाले अब भवनको संरचना ठुलो बनाएर मात्र काम गर्नुपर्ने अवस्था रहेको बताउदै बगालेले अस्पतालमा देखिएको भिडभाड कम गर्न अनलाईन मार्फत टिकट काट्ने ब्यवस्था मिलाएको जानकारी दिए ।

बगालेले संभभत बिमा सहितको सेवाबाट अनलाईन मार्फत टिकट काट्ने ब्यवस्था मिलाउननेमा सो अस्पताल पहिलो रहेको बताए । अस्पतालको वोएभ साइटमा गएर नाम, ठेगाना, उमेर, लिङ्ग, सम्पर्क नं. लगाएतको जानकारी भरेपछि टिकट इस्यु हुने बगालेको भनाई छ । उनले बिमा मार्फत काटिएको टिकटको भने भेरिफाई अस्पतालमा आएर गर्नु पर्ने बताए । उनका अनुसार अरु टिकटको भने रु २० र सेवा सुल्क मार्फत ईसेवाले रु ५ लिने छ ।

रत्ननगर नगरपालिका वडा नं २ का वडा अध्यक्ष तिलक राज शर्माले अस्पतालले सुरु गरेको अनलाईन सेवाको सफलताको शुभकामना ब्यक्त गर्दै अव भने जेष्ठ नागरिकको लागि छुट्टै वेड राखेर सेवा दिनु पर्ने धारणा ब्यक्त गरे ।

अस्पताल बिकास समितिका सदस्य तथा अस्पतालका निवर्तमान अध्यक्ष देवेन्द्र कुमार श्रेष्ठले अस्पतालले हालका दिनमा बिरामी र बिरामी कुरुवाको लागि ईन्टरनेटको हटस्पट दिने गरेकोमा खुसी लागेको बताए । उनले अस्पतालमा नया नया सेवा थपिएसँगै गुणस्तरियता पनि थपिएको बताए ।

श्रेष्ठले अबको ६ महिनामा आइसियु र एनआइसियुको काम सक्नुपर्ने र त्यसका लागि नगरपालिकाले उपभोक्ता समिति बनाएर भएपनि चाडै काम सम्पन्न गर्नुपर्ने बताए ।

सो अस्पतालका अध्यक्ष तथा रत्ननगर नगरपालिकाका मेयर नारायण वनले अनलाईन सेवा भनेको बिश्वकै चर्चित सेवा भएकाले यसलाई अस्पतालले पनि आत्मसाथ गरेको जानकारी दिए । उनले अनलाईनको सेवा सुरु भएर मात्र पनि नहुने त्यसलाई चलाउन घरमा प्रविधिमैत्री जोकोहिले आमाबुवाको लागि टिकट काटेन भने सेवा नाम मात्रको हुने भएकाले सबैको सहयोग यो सेवालाई टिकाइ राख्नको लागि हुने बताए ।

मेयर वनले प्रदेशमा गएर सचिवस्तरिय वार्तामा अस्पतालको स्तर उन्नतिका लागि ४ करोडको माग भएको र यदि सो रकम सहित ८–९ करोड अझ खर्च गरेर भवन निर्माणसँगै अस्पतालमा उपकरण थप गर्न पाए जनताले चाहे अनुसारको अस्पताल बन्नेमा आफु ढुक्क रहेको बताए । उनले हालसम्म पनि प्रदेशले ५० वेडको लागि सैद्धान्तिक सहमति दिएको भएपनि अस्पताललाई ग्रहण भने नगरेको बताउदै अब चाडैनै सबै प्रक्रिया पुरा हुनेमा आफु बिश्वस्त रहेको बताए ।

अनलाईनबाट टिकट दर्ता सुरुवात कार्यक्रममा मेयर वनले सबैभन्दा पहिले आफ्नो टिकट काटेर सो सेवाको सुभारम्भ गरेका थिए । कार्यक्रमका सभाअध्यक्ष तथा नगरपालिकाका सामाजिक बिकास संयोजक केशव आचार्यले अस्पतालले आधुनिक तरिकाले इटिकेटिङ सेवाको सुभारम्भ गरेर सरकारी अस्पतालले पनि छिटो छरितो र आकर्षक सेवा दिन्छन् भन्ने सन्देश दिएको बताए ।

कार्यक्रममा अस्पताल बिकास समितिका सदस्य ज्ञान वहादुर बिसुराल, नगरपालिकाका प्रवक्ता राजेन्द्र हमाल, अस्पतालका चिकित्सक, कर्मचारी तथा पत्रकार लगाएतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया