महेश पाण्डे
चितवन । पूर्वी चितवनको रत्ननगर–१० मा रहेको बैरिया मा.विका विद्यार्थीलाई सकारात्मक सोचको बिषयमा १ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । सो विद्यालयमा पशु विज्ञान संकायमा अध्ययनरत प्रथम, द्धितिय र तृतिय वर्षमा अध्ययनरत करिब १०० जना बिद्यार्थीहरुको लागि “सकारात्मक सोचको शक्ति, सामाजिक जिम्मेदारी र जपाफदेहिता” बिषयमा कार्यक्रमका मुख्य प्रशिक्षक कृषी तथा वन बिज्ञान बिश्व विद्यालयका भेटनरी संकायका डिन प्राध्यापक डाक्टर होम बहादुर बस्नेतले प्रशिषण दिएका थिए ।

सो प्रशिक्षण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक युवराज पौडेल, सहायक प्रधानाध्यापक लोकनाथ पाण्डे, बिद्यालय व्यवस्थापन समितिका सदस्य विष्णु सुवेदी, वडा नं. १० का वडा सदस्य कमल बहादुर घिमिरे, निर्माण समिति संयोजक सन्देश पाठक, समाजसेवी हुतराज पन्त, मिस्टर बावु घिमिरे, थानेश्वर शर्मा लगाएतको उपस्थिति रहेको थियो ।

विद्यालयका तिन वर्षे डिप्लोमा कार्यक्रमका कार्यक्रम संयोजक डा. योगेन्द्र राज पन्तले सञ्चालन गरेको सो कार्यक्रम विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तथा वडा नं. १० का वडा अध्यक्ष केशव आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो ।



तपाईको प्रतिक्रिया