महेश पाण्डे
चितवन । १२औं चितवन जिल्ला स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता रत्ननगरमा सम्पन्न भएको छ ।, गत वर्ष कोरोना महामारिका कारण हुन नसकेको १२ औं संस्करणको प्रतियोगिता यो वर्ष भने रत्ननगरमा रहेको टिकौली चौरमा बैशाख ३ र ४ गते सम्पन्न भएको हो ।

सो प्रतियोगितमा एथलेटिक्स, भलिबल, कबड्डी, कराते र तेक्वान्दो गरि ५ खेलमा चितवन जिल्लाका ७ वटै स्थानिय निकायका करिब ८०० खेलाडिको उपस्थिती रहेको जिल्ला खेलकुद बिकास समितिका सचिव रामजि ढकालले जानकारी दिए ।

सो प्रतियोगितामा जानकी मा.वि प्रथम, मेघौली मा.वि द्धितिय, साझापुर मा.वि साझापुर तृतिय र आदर्श मा.वि, साझापुरले सान्त्वना स्थान हासिल गरेको जिल्ला खेलकुद बिकास समितिका सदस्य केशव आचार्यले नेपालीको आवाज डटकमलाई जानकारी दिए ।

शनिवार सम्पन्न प्रतियोगितामा प्रमुख अतिथि चितवनका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद खनाल रहेका थिए । कार्यक्रममा रत्ननगर नगरपालिकाका नगर प्रमुख नारायण वनको पनि उपस्थिति रहेको थियो । सो समापन कार्यक्रम जिल्ला समन्वय समितिका संयोजक कृष्ण कुमार डल्लाकोटीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया