महेश पाण्डे
चितवन । पूर्वी चितवनको टाँडीमा लुम्बिनी जनरल इन्सुरेन्स कम्पनि कम्पनिको ४९ औं शाखा शुभारम्भ गरिएको छ । सोमबार एक कार्यक्रमका बिच रत्ननगर उद्योग वाण्ज्यि संघका अध्यक्ष अनिल कृष्ण श्रेष्ठले र कम्पनिका सञ्चालक उमेश रेग्मीले साे शाखाको संयुक्तरूपमा उद्घाटन गरे ।

उद्घाटन पछि बोल्दै श्रेष्ठले लुम्बिनी जनरल इन्सुरेन्स कम्पनि लिमिटेडले आफ्नो ४९ औं शाखा उद्धघाटन गरेकोमा खुसी ब्यक्त गरे । उनले सो इन्सुरेन्स सेवा कम्पनि अन्र्तगत भएकाले सेवाग्राहीको मनोभावना अनुसार अगाडि बढ्नेमा आफु बिस्वस्त रहेको बताए । उनले ब्यवसायीको सन्तुष्टीनै कम्पनिको चाहाना बनोस भन्दै रत्ननगर उवासंघले सक्दो सहयोग गर्ने बताए ।

कार्यक्रममा बोल्दै कम्पनिका सञ्चालक उमेश रेग्मीले धेरै इन्सोरेन्स कम्पनिमा बिवाद भनेको क्लेम गर्ने बेलामा आउने गरेको देखिएकाले सो कुरामा आफुहरु सजग रहेको बताए । उनले आफु क्लेम कमिटी संयोजक पनि रहेकाले ग्राहकलाई कुनैपनि हालतमा क्लेम दिनुपर्छ भनेर लाग्ने गरेको बताउदै बरु ग्राहकले दिनु पर्ने सबै कागजपत्रहरु भने समयमानै र पुरा दिनुपर्ने कुरामा पनि जोड दिने गरेको बताए ।

रेग्मीले कम्पनिले लिने मात्र होइन रिक्स ट्रान्सफर हुदा समय नलागोस र झन्झट पनि नहोस भनेर सोहि अनुसारको ब्यवस्था मिलाएको जिकिर गरे । ग्राहकलाई क्लेम नदिने चाहाना आफ्नो कम्पनिको नरहेको बताउदै रेग्मीले बरु ग्राहकले डकुमेन्टहरु पुरा नगर्दा केहि समस्या भने पक्कै आउने गरेको बताए ।

सो कार्यक्रममा रत्ननगर उद्योग वाण्ज्यि संघका वरिष्ठ उपाध्यक्ष शंकर गिरी, टाँडी शाखाका प्रमुख शरोज आचार्य, नारायणगढ शाखाका शाखा प्रमुख सुमन राज पंगेनी लगाएतकाे उपस्थिति रहेको थियो । साे कार्यक्रम कम्पनिका सहायक महा प्रबन्धक नवराज तिमल्सिनाले सञ्चालन गरेका थिए ।

तपाईको प्रतिक्रिया