महेश पाण्डे
चितवन । पूर्वी चितवनको रत्ननरमा नेविसंघको ५२औं स्थापना दिवस मनाइएको छ । रत्ननगर—१, सौराहाचोकमा नेपाल विद्यार्थी संघ क्षेत्र नं ख को आयोजनामा ५२औं स्थापना दिवस लेखिएको केक काटेर तथा दिप प्रज्वलन गरेर स्थापना दिवस मनाइएको हो । सो कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेस चितवनकी जिल्ला प्रवक्ता निता ढकाल रहेकी थिइन । उनले नेविसंघ नेपाली कांग्रेसको बिद्यार्थीसँग सम्बन्धित संगठन रहेकाले हरेक बिद्यार्थीले भोग्ने समस्या समाधानको लागि अझ लाग्नु पर्ने अवस्था आएको बताइन ।

कार्यक्रमका सभाअध्यक्ष तथा नेपाल विद्यार्थी संघ क्षेत्र नं खका अध्यक्ष आयुष चन्द्र श्रेष्ठले नेविसंघको ५२औं स्थापना दिवसको सबैलाई शुभकामना ब्यक्त गरे । उनले सबै बिद्यार्थीहरु एक जुट भएर लाग्नुपर्ने अवस्था आएको बताए ।

सो कार्यक्रममा नेपाली कांग्रेस रत्ननगर सभापति रुपन राज घिमिरे, नेपाली कांग्रेस जिल्ला सदस्य प्रल्हाद सापकोटा, नेपाली कांग्रेस जिल्ला सदस्य दिवाकर अर्याल, नेपाली कांग्रेस खेलकुद बिभाग सदस्य दिपक पौडेल, प्रदेश शभापति सुजन थापा, नेविसंघ शहिद स्मृती क्याम्पस सचिव मनिष सुवेदी, जनज्योती बहुमुखी क्याम्पस सर्लाही नेवीसंघ सभापति सुमित राज काफ्ले लगाएतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया