महेश पाण्डे
चितवन । धेरै नेपालीको सपना हुन्छ अष्ट्रेलिया जाउँ र उतै सेटल बनौं । तर सबैको चाहाना त्यहिमात्रै हुन्छ भन्ने कुरालाई गलत साबित गरिदिएका छन् चितवन रत्ननगरका युवा सचित राज जोशीले । करिब २ वर्षको अष्ट्रेलिया बसाईलाई बिटमादै जोशीले क्यालिभर सुजको आउटलेट बन्स फुटवेयर खोलेका छन् रत्ननगरमा ।

पूर्वी चितवनको सौराहाचोकमा रहेको गंगाप्लाजाबाट १५० मिटर उत्तरतर्फ खोलिएको सो फुटवेयरको मंगलबार रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कृष्ण श्रेष्ठले रिबन काटेर उद्धघाटन गरे ।

उनले नेपालमै बनेको सबैले मन पराएको क्यालिभर सुजको पूर्वी चितवनको आधिकारीक बिक्रेता बन्दै बन्स फुटवेयरले सो क्षेत्रका बासिन्दालाई सहज पहुच बनाउने वातावरण श्रृजना गरेकोमा खुसी ब्यक्त गरे ।

उनले अष्ट्रेलियाको झिलिमिली सहरको रमाईलो छोडेर आफ्नो माटोमा आएर ब्यवसायमा प्रेरित भइ ब्यवसाय सुरुवात गरेका सञ्चालक सचित राज जोशीलाई बिशेष धन्यवादको साथमा बधाई दिए । उनले अन्य युवाले पनि सचितबाट केही कुरा सिक्नुपर्ने भन्दै ब्यवसायिक सफलताको शुभकामना पनि ब्यक्त गरे । श्रेष्ठले उवासंघ ब्यवसायिको हकहितको लागि सधै लागि रहने संस्था भएकाले केहि समस्या वा सहयोग चाहिएमा निर्धक्क भन्न आग्रह पनि गरे ।

बन्स फुटवेयरका सञ्चालक सचित राज जोशीले नेपालीको आवाज डटकमसँग कुराकानी गर्दै महिलाा तथा पुरुषलाई हुने क्यालिभर सुजको पार्टी सुज, फर्मल सुज, स्पोर्टस सुज, क्याजुअल सुज, बच्चाको सुजहरु सुपथ मुल्यमा उपलब्ध हुने जानकारी दिए ।

जोशिले सो फुटवेयर करिब ३० लाखको लगानिमा सुभारम्भ गरिएको जानकारी दिदै सभारम्भको ३ दिन अर्थात बैशाख ७, ८ र ९ गते सबै ब्राण्डमा १० प्रतिशत छुटको ब्यवस्था गरिएको जानकारी दिए । जोशीले यस अघि रत्ननगरमा बन्स अ टि ग्यारेज सञ्चालन गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया