चितवन । नेपाली मौलिक लोक भजन “जाने बेला भगवान आऊ है लिनलाई” सार्बजनिक गरिएको छ । चितवनको शुक्रनगरमा स्थायी बसोबास गर्नुहुने ऋषि तिवारीको शब्द संगीत तथा स्वरमा गित तयार भएको छ भने उनलाई स्वरमा किशोर तिवारी, रन्जु काफ्ले तिवारी तथा वाल गायक आर्यमिक तिवारीले साथ दिएका छन् । गीतमा किशोर तिवारीले संगीत संयोजन गरेका हुन् । चितवनको भरतपुरमा रहेको ए टु स्टुडियोमा रेकर्ड भएको गितको म्युजिक भिडियो ह्याप्पी मिडिया नेटवर्कले तयार गरेको छ ।

भजनको भिडियो रत्ननगरको पवित्र धार्मिक स्थल श्री कृष्ण प्रणामी मन्दिर टिकौलीमा छायांकन गरिएको छ । धौलागिरी भजन मण्डली रत्ननगर ९ को कलाकार हरुलाई भिडियोमा देख्न सकिन्छ । मदन अच्छामीको छायांकन, अर्जुन महतोको ड्रोन अपरेटिङ साथै रामु आचार्यको सम्पादन तथा निर्देशनमा भिडियो तयार भएको छ ।

६४ वर्षीय ऋषि तिवारी कुशल शब्द लेखक समेत हुन् । उनले २ दशक अघि लेखेको साघुरिमा गुरास फुल्यो ओईलि झर्यो होला आज सम्म पनि उस्तै कर्णप्रिय छ । उनले नया कोपिला नामक कविता संग्रह समेत सार्वजनिक गरिसकेका छन् । आगामी दिनमा पनि भजनका पारखी हरुलाई कर्णप्रिय लोक भजन बजारमा ल्याउने उनि बताउछन ।

तपाईको प्रतिक्रिया