अजित अधिकारी
चितवन । माडीको अयोध्यापुरीमा बुधबार रामनवमीका दिन राम, सीता, लक्ष्यमण र हनुमानको मूर्ति स्थापना गर्दै, बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले माडी क्षेत्र ऐतिहासिक महत्वका रुपमा मात्र नभई धार्मिक तथा पर्यटनका रुपमा समेत अगाडि रहेको बताए । यति मात्र नभई कृषि क्षेत्रमा समेत माडी अग्रणी रहेको बताए ।

यसैक्रममा उनले यस अयोध्याधाम बिकासको लागि भोलिका दिनमा अझ सक्रियता पुर्ण ढंगले लाग्ने र अब क्रमिक रुपमा मूर्ति एबम मन्दिर साथै अन्य भौतिक संरचनाको निर्माण प्रक्रिया अगाडि बढ्ने बताए । यसैगरी सोही कार्यक्रमलाई सम्बोधन गर्दै, पर्यटन मन्त्री भानुभक्त ढकालले पनि यस क्षेत्रको बिकासको लागि आँफुहरु सधैं निरन्तर प्रयासरत रहने बताए ।

रामनवमीका अबसरमा गरिएको मूर्ति स्थापनाले देशमा मात्र नभई बिश्व जगतमा नै भगवान राम नेपालमा जन्मिएका हुन भन्ने सन्देश दिएको र धार्मिक प्रमाणहरुले पनि रामजन्म भुमि माडी नै रहेको प्रमाण फेला परेको बताए । बुधबार बिहान देवघाट सङ्गमस्थलको पवित्र जलले जलाभिषेकसँगै राम, सीता, हनुमान र लक्ष्मणको मूर्तिलाई देवघाट बाट माडी पुर्याएर स्थापना गरिएको हो ।

तपाईको प्रतिक्रिया