चितवन । चितवनमा दिनप्रतिदिन कोरोना कहर बढ्दै गएको छ । चितवनमा विगत २४ घण्टामा मात्रै ३२ जनामा कोरोना संक्रमण देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

नयाँ संक्रमित मध्ये २८ जना भरतपुर महानगरपालिका, दुई जना कालिका नगरपालिका, एक जना खैरहनी र १ जना रत्ननगरका रहेका छन् । बिहिबार थमिएका ३२ कोरोना संक्रमितसँगै चितवनमा जम्मा संक्रमितको संख्या सात हजार १८१ जना पुगेको छ । जसमा मृतक ११४ जना पुगेका छन् भने अस्पतालको आइसोलेसनमा ३२ जना रहेको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

तपाईको प्रतिक्रिया