महेश पाण्डे
चितवन । कोरोना संक्रमणका कारण रत्ननगर २ कि ३९ वर्षिया महिलाको मृत्यु भएको छ । चितवन मेडिकल कलेजले दिएको जानकारी अनुसार रत्ननगर—२ बस्ने ३९ वर्षिया ति महिलाको वैशाख १० गते शुक्रवार बिहान ५ः३७ बजेको समयमा मृत्यु भएकोे हो ।
निमोनियाले ग्रस्त भएपछि उनलाई वैशाख ८ गते अस्पताल भर्ना गरिएको थियो । सोहि दिन ति महिलाको कोरोना भाइरसको परिक्षणको लागि स्वाव संकलन पनि गरिएको थियो । त्यसको भोलिपल्ट अर्थात बैशाख ९ गते कोरोना भाइरस रिपोर्ट पोजेटिभ आएको अस्पताल प्रशासनले जनाएको छ ।
अस्पतालका अनुसार उनलाई कोरोना भाइरसँगै मधुमेह, थाइराड लगाएतका अन्य स्वास्थ्य समस्या पनि रहेको थियो ।











