रत्ननगर । नेकपा एमाले (माधव समुह) ले रत्ननगर १० मा वडा पार्टी, युवासंघ र अनेमसंघको वडा कमिटी विस्तार गरेको छ । रत्ननगरमा १० मा सोमबार भएको एमाले (माधव समुह) को एक भेलाले २१ सदस्यीय वडा कमिटी, २१ सदस्यीय अनेम संघ र १५ सदस्यिय युवासंघ गठन गरेको छ ।

सो भेलाद्धारा गठित वडा कमिटीको अध्यक्षमा कमलबहादुर घिमिरे, उपाध्यक्षमा सुनिता श्रेष्ठ, सचिवमा गुप्तबहादुर खड्का, उपसचिवमा बासुदेब भण्डारी, कोषाध्यक्षमा छत्रबहादुर गुरुङ लगाएतका रहेका छन् ।

त्यस्तै युवासंघको वडाकमिटी अध्यक्षमा विकास पौडेल, उपाध्यक्षमा चन्द्र श्रेष्ठ, सचिवमा रोनिका सुनार, सह सचिवमा संगम बहादुर घिमिरे, कोषाध्यक्षमा सीताराम चौधरी रहेका छन् ।

सो भेलाद्धारा गठित अखिल नेपाल महिला संघको वडाकमिटीको अध्यक्षमा विन्दु खड्का, उपाध्यक्षमा लीला पौडेल, सचिवमा भीमकुमारी थापा लगायतका रहेका छन् । । सो कार्यक्रमका प्रमुख अतिथि रहेका एमालेका जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य कृष्णप्रसाद खनालले नव गठित समितिलाई पद तथा गोपनीयताको सपथग्रहण गराएका थिए । कार्यक्रममा जिल्ला उपसचिव कुलप्रसाद लामिछाने, नगर अध्यक्षमा बद्रि घिमिरे लगायतले मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया