महेश पाण्डे
चितवन । चितवनका डा. सन्तोष भुषाल राष्ट्रिय चिकित्सक सम्मान—२०७७ बाट सम्मानित भएका छन् । चलचित्रकर्मीहरुसँगको समन्वयमा लामो समयदेखि अनबरत रुपमा सेवा गर्दै आएका डा. भुषाल मंगलबार राष्ट्रिय म्युजिक एन्ड फेसन अवार्ड–२०७७ मा राष्ट्रिय चिकित्सक सम्मान—२०७७ अवार्ड बाट सम्मानित भएका हुन् ।
बिगत लामो समयदेखि स्वास्थ्य क्षेत्रमा सेवा गर्दै आएका डा. भुषाललाई पूर्व उप राष्ट्रपति पर्मानन्द झाले दोसल्ला सहित कदर पत्रले सम्मान गरेका थिए । चितवनमा बसेर पनि ग्रामिण भेगमा रहेका बिरामीको सेवामा तल्लिन रहेने डा. भुषाललाई उनले गरेको सेवाको कदर गर्दै राष्ट्रिय चिकित्सक सम्मान—२०७७ बाट सम्मानित गरिएको हो ।
चितवमा देखिने डेङ्गी देखि भाइरल ज्वरो सम्मको बिरामीलाई निस्वार्थ भावनाले सेवा गर्ने डा. भुषाललाई नेपालीको आवाज डटकम परिवारको तर्फबाट पनि हार्दीक बधाई प्रकट गर्न चाहान्छौ ।











