बाँके । कोरोना भाइरसका कारण संक्रमणका कारण बाँकेमा मंगलबारमात्रै आठ जनाको मृत्यु भएको छ । कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीका अनुसार कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको एक गरी आठ जनाको मृत्यु भएकोे जानकारी दिए ।

उनले मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका–२ का ४५ वर्षीया महिला, २६ वर्षीय युवा, ५१ वर्षीय पुरुष र ७२ वर्षीय महिला रहेको जानकारी दिए । उनका अनुसार बाँके खजुरा गाउँपालिकाका दुई तथा कोहलपुर, बैजनाथ र दाङका एक÷एक जनाको मृत्यु भएको हो । योसँगै बाँकेमा उपचारका क्रममा मृत्यु हुनेको सङ्ख्या १०६ पुगेको छ भने तीमध्ये बाँकेका मात्र ९७ जना रहेका छन् ।

तपाईको प्रतिक्रिया