पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् बिस्तार गरेका छन् । गुरुङले स्वतन्त्र सांसदको रुपमा गएको निर्वाचनमा प्रदेश सभामा निर्वाचित दीपक मनाङ्गे उर्फ राजीव गुरुङलाई युवा तथा खेलकुद मन्त्री बनाएका हुन् ।
मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेले दीपक मनाङ्गे युवा तथा खेलकुदमन्त्रीको जिम्मेवारी दिइएको जानकरी दिए । विवादास्पद छवि भएका मनाङ्गे गएको निर्वाचनमा एमालेबाट टिकट नपाएपछि स्वतन्त्र रुपमा उठेर विजयी भएका सांसद हुन् ।