काठमाण्डौं । नेपालमा कोरोनाको कहर बढेसँगै सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा बैशाख मसान्तसम्म रोक लगाउने निर्णय गरेको छ ।
आइतबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकले बैशाख २० गते मध्यरातदेखि आन्तरिक उडान र बैशाख २२ गते मध्यरातदेखि अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने निर्णय गरेको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए ।
तर सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चार्टर्ड उडानहरुलाई भने अनुमति दिने प्रवक्ता गुरुङको भनाई छ ।











