चितवन । रत्ननगर उद्योग वाणिज्य संघद्वारा ईप्रका टाँडीलाई स्वास्थ्य सामाग्री तथा खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको छ ।
काेराेना महामारीको बिपदले ताण्डव मच्चाईरहेको बेला जनताको जन धनको सुरक्षामा अहोरात्र फ्रण्टलाईनमा खटिरहेका राष्ट्र सेवक सुरक्षाकर्मीको मनोवल उच्च पार्न साे स्वास्थ्य तथा खाद्यान्न सामाग्री हस्तान्तरण गरिएकाे संघका अध्यक्ष अनिल कृष्ण श्रेष्ठले नेपालीको आवाज डटकमलाई
जानकारी दिए ।
उनले संकटमा हामी साथैमा छौं भन्ने सन्देश प्रवाह स्वरुप स्वास्थ्य सुरक्षाका मापदण्डका लागि आवश्यक सामाग्री मास्क, सेनिटाईजर लगायत पिउने शुद्ध पानी एवं खाजा सामाग्री उपलब्ध गराएको जानकारी दिए ।

साे सामाग्रीहरु एक कार्यक्रमका बिच रत्ननगर उद्योग बाणिज्य संघ, रत्ननगरका अध्यक्ष अनिलकृष्ण श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष शंकर गिरि, निवर्तमान अध्यक्ष राजाराम रेग्मीले संयुक्त रुपमा ईलाका प्रहरी कार्यालय रत्ननगरका प्रमुख ईन्द्र बहादुर रानालाई हस्तान्तरण गरेका थिए ।

फ्रण्टलाईनमा खटिएका सुरक्षाकर्मीका लागि रत्ननगर उद्योग बाणिज्य संघले गरेको साे सहयोगको ईलाका प्रहरी कार्यालय टाँडीका प्रमुख रानाले हार्दिक कृतज्ञता एवं आभार प्रकट गर्दै आँफुले उक्त सहयोगलाई हौसलाको रुपमा लिएको बताए ।

साे स्वास्थ्य तथा खाद्यान्न सहयाेग कार्यक्रमको संचालन रत्ननगर उद्योग बाणिज्य संघका महासचिव निराजन खनालले संचालन गरेका थिए ।

तपाईको प्रतिक्रिया