चितवन । पौडी खेल्ने क्रममा त्रिशुली नदिमा डुबी बेपत्ता भएका सन्ताेषकाे शव भेटिएकाे छ । गत बैशाख १७ गते दिउँसो ०३:४० बजेको समयमा भरतरपुर म.न.पा. १ ठिमुरा स्थित त्रिशुलि नदिमा पौडी खेल्ने क्रममा सिन्धुली गोलन्जोर गा.पा. ४ घर भई हाल चितवन भरतपुर म.न.पा. १ रामनगर स्थित रहेको पुजा होटलमा काम गर्ने बर्ष १७ को सन्तोष भन्ने चाम बहादुर सुनारी पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए ।

सुनारी बेपत्ता भए पछि खोजी गर्दै जाने क्रममा आज (साेमबार) मध्यान्ह १२:१० बजेको समयमा उनकाे शव ६०० मिटर तल फेला पारिएकाे र प्रहरी र स्थानियको सहयोगमा उक्त लास बाहिर निकाली पुजा होटलको साहु र सँगै गएका साथीहरुको रहोबरमा सनाखत गरी पोष्ट मार्टमको लागी जिल्ला अस्पताल भरतपुरमा पठाइएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया