जापान । लोकदोहोरी गायक तथा सर्जक माधब सिग्देलको “देउता जस्तै” गित युट्युवबाट सार्वजनिक गरिएको छ । तनहुँ को भिमाद नगरपालिका किहुँ मा जन्मेका गायक सिग्देल विगत ९ बर्ष अगाडीबाट जापानको शहर फुकुओका मा बस्दै आएका छन् ।

उनले जापानमानै बसेर पनि आफ्नो सांगेतिक यात्रालाई अगाडी बढाई रहेका छन् । सोहि क्रममा लोक दोहोरी गित “देउता जस्तै” गित उनको आफ्नै युट्युवबाट सार्वजनिक भएको हो ।

विदेशमै बसेर पनि लोक संगितलाई निरन्तरता दिँदै आएका सिग्देलको नयाँ एल्बम “देउता जस्तै पुज्ने खालीकी छौ” मा थेगो उनको आफ्नै रहेको छ भने शब्द पुरुषोत्तम सिग्देल र लय भने सुर्य खड्काको रहेको छ । सो गितमा आवाजमा गायक स्वयं सिग्देलको र सुनिता बुढा क्षेत्रीको रहेको छ ।
सो गितको म्युजिक भिडियो अहिलेका चर्चित निर्देशक प्रकाश भट्ट बनाएका हुन् । सो गितमा अभिनय ओवी रायमाझी र गीता ढुंगानाको रहेको छ भने सम्पादन विष्णु शर्माले गरेको हुन् । उक्त भिडियो निर्माण भने साई भिजन प्रा.लिले गरेको हो ।

तपाईको प्रतिक्रिया