चितवन । चितवनमा कोरोनाको कहर बढ्दै गएको छ । सोमबार मात्रै चितवनमा दुइ गुणाले संक्रमितको संख्या बृद्धि भएको छ । सोमबार १६६ जनामा कोरोना संक्रमण देखिएकोमा मंगलबार मात्रै झण्डै २३३ जना संक्रमित देखिएसँगै सोे संख्या दोब्बर देखिएको हो ।
मंगलबार चितवनमा थपिएका संक्रमित २३३ जना मध्ये भरतपुर महानगरपालिकाका १८८ जना, खैरहनी नगरपालिकामा ९ जना, माडी नगरपालिकामा ४ जना, रत्ननगर नगरपालिकामा २१ जना, राप्तीमा ३ जना र कालिका नगरपालिका ८ जना रहेका छन् ।

मंगलबार थपिएका कोरोना संक्रमितसँगै चितवनमा संक्रमितको संख्या आठ हजार ४४५ जना पुगेको छ । कोरोना संक्रमण पछि हालसम्म चितवनमा १२१ जनाले ज्यान गुमाएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ । त्यस्तै घरमा आइसोलेसनमा एक हजार ३१५ जना रहेको र अस्पतालको आइसोलेसनमा ८९ जना रहेका जनस्वास्थ्य कार्यालयको भनाई रहेको छ ।

तपाईको प्रतिक्रिया