गत सालदेखि हालसम्म ९२२ जना संक्रमित, १६ जनाको मृत्यु
सबै भन्दा धेरै रत्ननगर वडा नं. १ मा २२ जना र वडा नं. १० मा १५ जना
महेश पाण्डे
चितवन । पूर्वी चितवनको रत्ननगरमा कोरोनाको दोस्रो लहर सुरु भएसँगै १२९ जना संक्रमित भएका छन् भने ३ जनाको मृत्यु भएको छ । रत्ननगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव पौडेलका अनुसार कोरोनाको दोस्रो लहर भनेर सुरुवात भएको मानिएको बैशाख १ देखि हाल सम्म रत्ननगरमा १२९ जना कोरोना संक्रमितको संख्या रहकोे छ । जस मध्ये ७५ जना पुरुष छन् भने ५१ जना महिला रहेका छन् ।

पौडेलका अनुसार बुधवार सम्मको आकडालाई हेर्दा हाल ११६ जना संक्रिय संक्रमितको संख्या रहेको छ भने १० जना निको भएर घर फर्किएका छन् । संक्रिय संक्रमित मध्ये हाल १०७ जना होम आइसोलेसनमा छन् भने ९ जना अस्पताल भर्ना भएका छन् । ३ जनाले भने कोरोनाकै कारण ज्यान गुमाएका छन् । जसमा १ महिला र २ पुरुष रहेका छन् ।

गत वर्ष अर्थात कोरोना महामारी सुरुवात भएको अवस्था देखि बुधवार सम्म रत्ननगरमा ९२२ जना कोरोना संक्रमित भएका छन् । जसमा ३५८ जना महिला र ५६४ जना पुरुष रहेका छन् । जसमध्ये १६ जनाको मृत्यु भएको छ ।

दोस्रो लहर सुरुवात भएसंगै अर्थात बैशाख १ देखि बैशाख २२ (बुधवार) सम्म रत्ननगर नगरपालिकाका १६ वटै वडामा रहेका संक्रमितको संख्या यस प्रकार रहेको छ ।

रत्ननगर वडा नं. १ — २२ जना
रत्ननगर वडा नं. २ — ११ जना
रत्ननगर वडा नं. ३ — ७ जना
रत्ननगर वडा नं. ४ — ७ जना
रत्ननगर वडा नं. ५ — ३ जना
रत्ननगर वडा नं. ६ — ३ जना
रत्ननगर वडा नं. ७ — ५ जना
रत्ननगर वडा नं. ८ — ६ जना
रत्ननगर वडा नं. ९ — ११ जना
रत्ननगर वडा नं. १० — १५ जना
रत्ननगर वडा नं. ११ — ६ जना
रत्ननगर वडा नं. १२ — ५ जना
रत्ननगर वडा नं. १३ — १२ जना
रत्ननगर वडा नं. १४ — ५ जना
रत्ननगर वडा नं. १५ — ४ जना
रत्ननगर वडा नं. १६ — ७ जना

चितवनका पालिकाहरुमा रहेका संक्रमितहरुको तालिकाः

चितवनका अस्पतालमा रहेका कोरोना संक्रमितहरुको अवस्था र तालिकाः

काेभिड नियन्त्रण,राेकथाम तथा ब्यवस्थापन समिति, रत्ननगरका संयाेजक केशव आचार्यसँग गरिएको कुराकानी सुनाैं

तपाईको प्रतिक्रिया