चितवन । चितवनमा एकजना कोरोना पोजेटिभले आफ्नै घरमा झुण्डीएर आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएकाे जानकारी अनुसार आज (बिहीबार) बिहान ०७:३० बजेको समयमा माडी न.पा.३ बस्ने डबर्ष ३५ को गोबिन्द साह आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेका हुन् ।
उनले आफु सुत्ने कोठामा नाईलनको डोरीको पासो लगाई झुण्डी मृत्यु भएको ईप्रका माडीले जनाएको छ । ईप्रका माडीका अनुसार निज गोबिन्द साह गत बैशाख १५ गते भारतबाट माडी आएका थिए । माडी आएका उनलाई सन्चो नभए पछि बैशाख २१ गते बघौडा अस्पताल माडीमा कोरोना परिक्षणको लागी स्वाव दिएकोमा बैशाख २२ गते रिपोर्ट पोजेटिभ आएकाे थियोे ।
उनि काेराेना पाेजेटिभ आएपछि आफ्नै घरको होम आईसुलेशनमा बसेका थिए । प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा उनी काेराेना पाेजेटिभ भएकाले तनाबमा परि आत्महत्या गरेकाे भन्ने बुझिएको र बाँकी अनुसन्धान कार्य भईरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया