महेश पाण्डे
चितवन । पूर्वी चितवनमा रहेको रत्ननगरमा एकैदिन १८ जना कोरोना संक्रमित थपिएका छन् । रत्ननगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव पौडेलले नेपालीको आवाज डटकमलाई दिएको जानकारी अनुसार शुक्रबार (बैशाख २४) गते मात्रै १८ जना नया कोरोना संक्रमित थपिएका हुन् ।

शुक्रबार थपिएका संक्रमितसँगै रत्ननगरमा कोरोनाको दोस्रो लहर अर्थात बैशाख १ देखि २४ गते सम्ममा संक्रमितको संख्या १६५ पुगेको छ । जसमा ९५ पुरुष र ७० जना महिला रहेका छन् । सो अवधिमा मृत्यु हुनेको संख्या ३ अर्थात २ प्रतिशत, निको हुनेको संख्या ११ जना अर्थात ७ प्रतिशत र सक्रिय संक्रमितको संख्या १५१ अर्थात ९१ प्रतिशत रहेको छ । यो आकाडालाई हेर्दा रत्ननगरमा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढि रहेको देखिएको छ ।

शुक्रबार (बैशाख २४) गते मात्रै थपिएका १८ जना नया कोरोना संक्रमित निम्न वडाका रहेका छन्ः

रत्ननगर वडा नं. १ — ३ जना
रत्ननगर वडा नं. २ —१ जना
रत्ननगर वडा नं. ३ — १ जना
रत्ननगर वडा नं. ४ — ० जना
रत्ननगर वडा नं. ५ — ० जना
रत्ननगर वडा नं. ६ — १ जना
रत्ननगर वडा नं. ७ — ० जना
रत्ननगर वडा नं. ८ — १ जना
रत्ननगर वडा नं. ९ — २ जना
रत्ननगर वडा नं. १० — ३ जना
रत्ननगर वडा नं. ११ — १ जना
रत्ननगर वडा नं. १२ — १ जना
रत्ननगर वडा नं. १३ — १ जना
रत्ननगर वडा नं. १४ — १ जना
रत्ननगर वडा नं. १५ — २ जना
रत्ननगर वडा नं. १६ — ० जना

तपाईको प्रतिक्रिया