महेश पाण्डे
चितवन । पर्यटकिय नगरी सौराहामा रहेको सपना भिलेजमा सिजनको समयमा पर्यटक भरिभराउ हुन्थे । ति पर्यटकलाई त्यहा रहेका गाडीले लिएर आउने, घुमाउने र पुर्याउने काम गर्थे । तर अहिले सौराहामा न त पर्यटक छन् न त पर्यटकिय गतिबिधिनै । पर्यटक नभएर के भयो त गाडीलाई सामाजिक सेवामालगाउन के ले छेक्छ र ? भन्ने सोचले रत्ननगर नगरपालिकाको सहकार्यमा सपना भिलेजले कोरोनाका बिरामी बोक्न सुरुवात गरेको छ ।

सपना भिलेजका अध्यक्ष ध्रुव गिरीले नेपालीको आवाज डटकमसँग कुराकानी गर्दै भने “गाडिलाई त्यत्तिकै राख्नु भन्दा बरु बिरामीको सेवामा लागौ भन्ने सोच आएर त्यस तर्फ अगाडी बढ्यौ ।”

उनले सो सेवालाई रत्ननगरमा केन्द्रित गरिएको बताउदै अस्पतालमा गाडीमा लैजाने र लिएर आउने गरि दुवै सेवा निशुल्क रुपमा सुरु गरिएको बताए ।

गिरीले बिरामीको लागि सुरु गरिएको सो गाडी बोलेरो डबल क्याबिन खाले भएकाले पछाडीको सिटमा बिरामी सहित ३ जना बस्न मिल्ने गरि बनाइएको र अगाडी ड्राइभर बस्ने ठाँउलाई सुरक्षित बनाउन बिचमा सिसा र पिपिइ कपडा लगाएतको स्वास्थ्य सामाग्रीको प्रयोग गरिएको बताए ।

उनले आज (शनिबार) देखीनै र.न.पा –८ टारमा बस्ने एक जना कोरोनाको लक्षण देखिएका पुरुषलाई अस्पताल सम्म लगेर सेवा सुरुवात गरिएको जानकारी पनि दिए । उनले सो गाडीको सेवा चाहीएका आफु बसेको रत्ननगरका कुनैपनि वडा कार्यालयमा वा मोबाइल नं. ९८४२६११५१२, ९८४५०६७६१७, ९८४५४३६२३४ मा सम्पर्क गर्न सकिने बताए ।

तपाईको प्रतिक्रिया