चितवन । चितवन र बर्दघाटका कोरोना संक्रमितको भरतपुर अस्पतालमा मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचाररत चितवनको भरतपुर महानगरपालिका–७, इन्द्रपुरी बस्ने ६७ वर्षीया महिलाको शनिबार दिउँसो ३ः२० बजेको समयमा मृत्यु भएको अस्पतालले जनाएको छ । कोरोना पुष्टि भई वैशाख २३ गते भर्ना भएकी ति महिलाको कोभिड आइसीयूमा राखेर उपचार थालिएको थियो ।

त्यस्तै शनिबार नै नवलपरासी बर्दघाट–२ का ६४ वर्षीय पुरुषको पनि भरतपुर अस्पतालमा मृत्यु भएको छ । कोभिड आइसीयूमा उपचाररत ती पुरुषको शनिवार विहान ११ः५६ मा मृत्यु भएको अस्पतालले जनाएको छ । वैशाख १९ गते कोरोना संक्रमण पुष्टि भएका ती व्यक्ति शुक्रबार मात्रै अस्पतालमा भर्ना भएका थिए ।

त्यसअघि शुक्रबार नै विहान नवलपुर गैंडाकोट–११ का ९४ वर्षका पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया