
नेपालमा कोरोनाको दोस्रो लहरले अहिले निकै आक्रान्त पारेको छ । जसका कारण नेपाल सरकारले देशका बिभिन्न जिल्लामा लकडाउन गरी राखेको छ । यसले केहि न केहि भएपनि चेन ब्रेकको काम त गर्ला तर यति प्रयासले मात्रै पुग्छ त ? भन्ने प्रश्न सबैको मनमा रहेको छ ।
खासमा के के कुरामा ध्यान दिन सकियो भने बिश्वनै आक्रान्त बनेको कोरोना भाइरसको यो महामारीमा हामीले आफु, परिवार र समाजलाई सुरक्षित राख्न सक्छौ त ? आउनुहोस यस बिषयमा चितवन मुटु अस्पताल भरतपुरका वरिष्ठ विशेषज्ञ डाक्टर शंकर लौडारीले गर्नु भएको एक अपिल पढौं ।
१. हाल कोभिड १९ को महामारी उच्च भएका ले मेडिकल आपतकाल को घोषणा गर्न आवस्यकता देखिएको ।
२. दिन दिनै कोभिड का बिरामी बढदै गएको
३. धेरै जसो बिरामीलाई अक्सिजन वा भेन्टिलेटर को आवश्यकता देखिएको
४. अस्पतालमा बेड अभाव कायम रहेको
५.कोभिडका बिरामी अस्पताल अस्पताल हिड्न बाध्य भएको
६. अक्सिजन को माग बढ्दै गएको र माग धान्ने अबस्थामा नरहेको
७. प्राइभेट अस्पतालमा कोभिडका बिरामीको उपचार गर्न निम्न समस्याहरु रहेको
क) धेरै बिरामी कोभिड संक्रमण भएकोले सिमित स्रोत साधन मा उपचार गर्न परेको
ख) कहि कतै अस्पतालमा बेड हुदाहुदै कोभिड देखिए पछि अन्य अस्पतालमा पठाउने गरिएको
ग) यो महामारि मा प्रत्येक बिरामीको उपचार पाउने अधिकार रहेकोले सबै अस्पतालले अनिवार्य उपचार गर्न आवस्यकता रहेको
८. कोभिडको उपचारमा सरकारद्वारा सबै सुरक्षाका मापदण्ड पुराउदै उपचार गर्न लाग्ने खर्चको आकलन गर्दै उपचार खर्च मा एकरुपता आवश्यकता देखिएको
९. रेम्डेसिभिर औषधि पाउन मुस्किल भएकाले निश्चित मापदण्ड पुराउदा सहजीकरण को आवश्यकता देखिएको
१०. सबै जनता लाई भ्याक्सिन को आवश्यकता
(यो सबै कामका लागि अब हामिले स्थानीय र संघीय सरकार लाई दबाब दिनु पर्ने देखिएको छ ।)
डा.शंकर लौडारी
वरिष्ठ मुटुरोग विशेषज्ञ
चितवन मुटु अस्पताल