चितवन । चार दिनको फरकमा चितवनमा बाघले फेरी अर्का एक पुरुषलाई आक्रमण गरि घाइते बनाएको छ । आईतबार दिउसो ०३ः४० बजेको समयमा ईच्छाकामना गा.पा. ७ सिमलटारमा बस्ने २३ वर्षका बिनोद चेपाङलाई बाघले आक्रमण गरि घाइते बनाएको हो ।

नजिकै रहेको जंगलमा बस्ने चेपाङलाई घांस काट्ने क्रममा एक्कासी बाघले आक्रमण गरी घाईते बनाएको थियो । घाइते चेपाङलाइ उपचारको लागी जिल्ला अस्पताल भरतपुरमा ल्याइएको र उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै गएको शुक्रबार दिउसो २ः३० वजेको समयमा राप्ती न.पा. ६ प्यारीढाप भन्ने स्थानमा सोही स्थानमा वस्ने ३३ वर्षका उमेश राईलाई बाघले आक्रमण गरि घाइते बनाएको थियो ।

भैसी चराउन गएका राईलाई चितवन राष्ट्रिय निकुञ्जबाट निस्किएको बेलामा बाघले आक्रमण गरी घाईते बनाएको थियो । घाइते राईको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार पश्चात अवस्था सामान्य रहेको प्रहरीको भनाई छ ।

तपाईको प्रतिक्रिया