महेश पाण्डे
रत्ननगर । अहिले कोरोना कहरले बिश्वलाई नै आक्रान्त पारेको छ । नेपालमा पनि यसले सबैलाई पिरोली रहेको छ । अझ कोरोनाको दोस्रो लहरले नेपालमा हरेक दिन हजारौ मानिस संक्रमित भइरहेका छन् भने मृत्यु पनि सयौको संख्यामा भइरहेको छ । यहि कोरोना कहर बिच पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं ३ शान्तिचोकका भने एकैघरका बाबु–छोराको मृत्यु भएको छ ।

रत्ननगर नगरपालिका वडा नं. ३ का वडाध्यक्ष गोविन्द भट्टराईका अनुसार सोमबार बिहान ३८ वर्षीय छोराको कोरोना संक्रमणको कारण मृत्यु भएको हो भने ६८ वर्षीय बुबाको भने कोरोना परीक्षणको लागि अस्पताल पुग्दा एम्बुलेन्सबाट ओर्लनेबित्तिकै लडेर बेहोस भएपछि आइतबार साँझ मृत्यु भएको हो ।

भट्टराईले नेपालीको आवाज डटकमलाई दिएको जानकारी अनुसार १० दिन अघि कोरोना संक्रमित भइ घरको आइसोलेसनमा रहेका छोरालाई गाह्रो भएपछि थप उपचारका लागि छोरालाई शुक्रबार मात्रै चितवन मेडिकल कलेजमा लगिएकोमा सोमबार उनको मृत्यु भएको हो । छोराको कोरोनाकाकै कारण मृत्यु भएपछि र बाबुमा पनि खोकी र पखाला लाग्ने लक्षण देखिएपछि आइतबार उनलाई स्वाब परीक्षणको लागि अस्पताल लगिएको थियो ।

कालको नियति भनौ या वर्तमान परिस्थिति अस्पताल पुगेर एम्बुलेन्सबाट ओर्लनेबित्तिकै लडेर बेहोस भएका बुबाको पनि बेलुकी ७ बजेनै मृत्यु भएको थियो । बुबाको मृत्यु लडेर भएपछि स्बाब परीक्षण नगरिएकाले मृत्युको कारण कोरोना पनि हो कि होइन भनेर भने खुल्न नसकेको वडा अध्यक्ष भट्टराईको भनाई छ ।

तपाईको प्रतिक्रिया