चितवन । कोरोना कहरको दोस्रो लहर बिच चितवनका अस्पतालहरुमा विगत २४ घण्टामा १० जना कोरोना संक्रमितको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

भरतपुर अस्पतालमा ३ जना, चितवन मेडिकल कलेजमा ५ जना, कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) मा १ जना र अन्य अस्पतालमा १ जनाको मृत्यु भएको जनस्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ ।

त्यसैगरी सो कार्यालयका अनुसार चितवनका अस्पतालका आईसीयूमा २४० जना, भेन्टिलेटरमा ४९ जना, एचडीयूमा ६३ जना कोरोनाका बिरामीहरुको उपचार भइरहेको छ । योसँगै चितवनका सबै अस्पतालहरुमा ४३० जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया