चितवन । थप कडाइ गर्ने निर्णय गर्दै जेठ १३ गतेसम्म चितवनकाे निषेधाज्ञा लम्बिएको छ । जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जेठ १३ गतेसम्म निषेधाज्ञा गर्न डिसिसिएम चितवनले सिफारिस गरेको जानाकारी दिए ।
सिफारिस अनुसार जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञा लम्बाउने निर्णय गरेको हो । भोलि वैशाख ३१ गते पहिलो चरणको निषेधाज्ञा सकिदैँ छ । अवको निषेधाज्ञा थप कडाइ हुने उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया