चितवन । के तपाई प्रहरीको आँखा छल्न नक्कली प्रेस कार्ड लिएर हिड्नु हुन्छ । यदि त्यसो हो भने होसियार रहनुहोला नत्र फेरी लामिछाने जस्तै प्रहरीको फेला परिएला । चितवनमा नक्कली प्रेस कार्ड देखाएर निषेधाज्ञा उलंघन गर्ने एक जना युवक पक्राउ परेका छन् । प्रहरीले बिहिबार भरतपुर महानगरपालिका ३ पुल्चोकमा चेकजाँचको क्रममा नक्कली प्रेस कार्ड देखाउने नवलपरासीको गैडाकोट नगरपालिका ५ का २२ बर्षिय बिजय लामिछानेलाई पक्राउ गरेका हो । यसबाट पनि नक्कली प्रेसधारी खुलेआम कार्ड बोकेर हिड्ेन गरेको प्रहरीको निस्कर्ष छ ।
लामिछानेले चेकजाँच गर्ने क्रममा म पत्रकारको रिपोटर हुँ भन्दै खटिएको प्रहरी टोलीलाई प्रेस रिपोटरको परिचय पत्र देखाएका थिए । तर प्रहरीलाई उनले देखाएको प्रेस कार्ड प्रति शंका लागेर थप सोधपुछ गर्दा कुनै पनि सञ्चार माध्यामको रिर्पोटर नभएको पत्ता लागेको थियो ।
उनको साथबाट बिजय लामिछाने रिपोटर लेखेको प्रेस आइडी कार्ड समेत फेला परेको हुँदा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरिक्षक सरोज गिरिले जानकारी दिए । महामारीको बेलामा प्रहरीलाई झुक्याउन नक्कली प्रेस कार्ड लिएर हिड्ने जो कोहीलाई पनि कार्वाही हुने गिरीको भनाई छ ।












