महेश पाण्डे
चितवन । पूर्वी चितवनमा चितवन उद्योग संघका ४ इकाईद्धारा शुरक्षाकर्मी तथा पत्रकारलाई स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । आज (सोमबार) रत्ननगरमा रहेको होटल स्टार बेन्क्युटको प्राङ्गणमा एक कार्यक्रमका बिच चितवन उद्योग संघका रत्ननगर, कालिका, खैरहनी र राप्ति का गरि ४ इकाईद्धार पूर्वी चितवनका ४ पालिकामा रहेका शुरक्षाकर्मी तथा पत्रकारलाई करिब २ लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश उद्योग परिसंघका उपाध्यक्ष भेषराज दुवाडीले कोरोना महामारीको बेला फ्रन्टलाईनमा रहेका शुरक्षाकर्मी तथा पत्रकारलाई उद्योगी ब्यवसायीको सहयोगमा स्वास्थ्य सामाग्री बितरण गरिएको जानकारी दिए ।

उनले चितवन मेडिकल सिटी भएकाले हालका दिनमा अन्य क्षेत्रबाट वेड नपाएर छटपटाएका कोरोना बिरामीलाई पनि बचाउन चितवन जिल्ला सफल भएकोमा खुसी ब्यक्त गरे । दुवाडीले सरकारले उद्योग कलकारखाना स्वास्थ्य मापदण्ड पुरा गरि चलाउन आग्रह गरेको भएपनि चलाउन सक्ने अवस्था भने नरहेको बताए । उनले कोरोनाको पहिलो लहरमा पनि संघले धेरै ठाउँमा खाद्यान्न सामाग्री लगाएतको सहयोग गरेको बताउदै अहिलेको दोश्रो लहरमा पनि आफुहरुले सहयोगको लागि तयार छौ भन्ने शन्देस दिन सो कार्यक्रम गरिएको जानकारी दिए ।

पूर्वी चितवन पत्रकार मञ्चका अध्यक्ष होमनाथ सापकोटाले सधै फ्रन्ट लाईनमा रहेर जनातालाई वर्तमान परिस्थितिको बारेमा सुसुचित गर्ने देशको चौथो अंग पत्रकारलाई पनि काम गर्न केहि भएपनि सहज होस भनेर स्वास्थ्य सामाग्री सहयोग गरेकोमा आयोजकलाई धन्यवाद दिए ।

उनले आफुहरुले पाएको स्वास्थ्य सामाग्रीले फिल्डमा खट्नको पत्रकारलाई सुरक्षित बनाउने धारणा पनि ब्यक्त गरे ।

मानव सेवानै सबैभन्दा ठुलो धन भएको बताउदै ईलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी नायव उपरिक्षक ईन्द्र बहादुर रानाले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकोमा चितवन उद्योग संघलाई धन्यवाद दिए ।

उनले आफुहरु जनताको जिवन रक्षाको लागि लागिरहेको बताउदै फिल्डमा अहोरात्र खट्दा आफै संक्रमित हुने डर रहने भएकाले प्राप्त स्वास्थ्य सामाग्रिले सुरक्षित बनाउन सहयोग गर्ने धारणा ब्यक्त गरे ।

शसस्त्र प्रहरी गण १६ नं. बाहिनीका गणपति दिपक थापाले दिनमा १० घण्टा उभिएर काम गर्ने सिपाहीलाई स्वास्थ्य सामाग्री दिएकोमा संघलाई धन्यवाद ब्यक्त गरे । कोरोना महामारीमा भाग्नुभन्दा सामाना गर्नुनै उत्तम रहने भएकाले सबैले कोराना महामारीबाट बच्न स्वास्थ्य मापदण्ड पालना गर्न सबैलाई आग्रह पनि गरे ।

थापाले केहि मानिसहरु माक्स चिउडोमा लगाउने, बाहिर मोबाईल चलाएर बस्ने तर प्रहरीलाई देखेपछि बल्ल माक्स मिलाउने गर्ने गरेकाले सो कुरा गलत भएको बताए ।

चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेश प्रसाद शिलवालले सञ्चालन गरेको सो कार्यक्रममा चितवन उद्योग संघका पूर्व अध्यक्ष भिम बाहदुर पाण्डे, राष्ट्रिय अनुसन्धान आयोग चितवनका प्रमुख उत्तमराज खनाल, ईलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरिक्षक शुभाष भट्ट, ईलाका प्रहरी कार्यालय राप्तिका प्रहरी निरिक्षक राजिव गिरी, जुटपानी प्रहरी चौकीका प्रहरी नायव निरिक्षक शंकर प्रसाद चौधरी, चितवन उद्योग संघ कालिका ईकाइका अध्यक्ष प्रकाश चन्द्र भट्टराई लगाएतको उपस्थिती रहेको थियो ।

सो कार्यक्रममा शुरक्षाकर्मी तथा पत्रकारलाई माक्स, सेनिटाइजर, फेससिल्ड, खानेपानी, पिपिई लगाएतका स्वास्थ्य सामाग्रीहरु बितरण गरिएको थियो । उक्त संयुक्त कार्यक्रम चितवन उद्योग संघ रत्ननगर इकाईका अध्यक्ष गजेन्द्र अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया