
चितवन । ईलाका प्रहरी कार्यालय रत्ननगरलाई नेविसंघले स्वास्थ्य सामाग्री सहयोग गरेको छ । आज (सोमबार) नेविसंघ जिल्ला समिति, नेपाल तरुण दल जिल्ला समिति तथा नेविसंघ रत्ननगरले संयुक्त रुपमा ईलाका प्रहरी कार्यालय रत्ननगरलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।
नेविसंघ जिल्ला समिति उपाध्यक्ष आयुष चन्द्र श्रेष्ठले कोरोना महामारीमा सधै फिल्डमा रहने प्रहरीलाई केहि भएपनि सहज होस भनेर स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको बताए । उनले अहिलेको बेला भनेको राजनिति गर्ने भन्दा पनि देशको लागि चिन्तित हुने बेला आएकाले तेरो र मेरो भन्दा पनि हाम्रो भन्ने भावना मनमा जगाई सामाजिक सेवामा लाग्नु पर्ने अवस्था रहेको बताए ।
त्यस्तै नेपाल तरुण दल जिल्ला सदस्य सुदन भण्डारीले सेवा भन्ने काम राजनितिक आस्थासँग नजोडिने भएकाले यो स्वस्र्फुत मन देखि हुने बताए । यो बेलामा सबै मिलेर सहयोगको लागि हातेमालो गर्न उनले आग्रह पनि गरे ।
सो स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा नेपाल तरुण दलका जिल्ला सदस्य सुजन क्षेत्री, नेविसंघ रत्ननगरका सभापति कल्याण अर्याल, एनआरएन स्विजरल्याणका सदस्य माधव गौतम, नेविसंघका सदस्यहरु उपेन्द्र खनाल, शिव देवकोटा लगाएतको उपस्थिति रहेको थियो ।