
डा.सन्तोष शर्मा भुषाल
चितवन मुटु अस्पताल
डिल्लीराम अधिकारी, एक यस्तो नाम जो बिगत लामो समय देखि पुर्बी चितवन मा मेडिकल स्थापना गरि त्यहाँका जनता हरुको सेवा गर्दै आउनु भएको थियो । सधै हसिलो फुर्तिलो स्वभाव का धनी उहाँले आफ्नो काम प्रती कहिले सम्झौता गर्नु भएन ।
कोरोना को पहिलो लहर देखि नै सक्रिय हुँदै आफ्नो काम कर्तव्य निरबाह गर्दै गर्दा आज हामिले कोरोना दोस्रो लहर मा उहाँलाइ सदा सदा का लागि गुमाएका छौ । असल स्वास्थ्यकर्मी साथी गुमाउनु पर्दा आज सबै स्वास्थ्यकर्मी साथी हरु को मन रोएको छ । एक अपुरणिय क्षति भोग्नु परेको छ । उपचारमा लागि रहदा आफ्नै भतिज डा.उमानाथ अधिकारी र भान्जा हरु डा.राजन कंडेल र डा. सन्तोष भुषाल निरन्तर कोसिस गर्दा पनि बचाउन नसकेको मा अन्तन्तै दुखी छौं । के गर्नु हुने हार दैव नटार भन्छन् । यो बिपत्तिले आज आदरणिय डिल्लिराम अधिकारीलाई सदा सदाका लागि हामीबाट टाढा बनाएको छ ।
उहाँ मेडिकल क्षेत्रमा बाहेक अन्य सामाजिक काम हरु मा पनि निकै रुचि का साथ अगाडी बढ्नु हुन्थ्यो । लाइन्स क्लब, नेपाल रेड्क्रस सोसाइटी, सहकारी संस्थाका सामाजिक काम कार्यक्रममा निकै रुचि का साथ लाग्नु हुन्थ्यो । आज उहाँ नहुदै गर्दा उहाँ को कमि सधैं महसुस हुने भएको छ ।
उहाँ हाम्रो साथी मात्रै नभई एक कुसल स्वास्थकर्मी र एक अभिभावक हुनुहुन्थो भन्नू हुन्छ बिगत लामो समय देखि सौराहामा सक्रिय स्वास्थकर्मी राजेन्द्र प्रसाद खरेल । विभिन्न नाच गानको कार्यक्रम होस वा पिकनिक कार्यक्रम हरु उहाँ हसिलो मुहार साथ कार्यक्रममा उपस्थिति हुँदै हातेमालो गर्न रुचाउने भन्दै उहाँको सम्झना गर्नु हुन्छ प्रकाश चन्द्र रिजाल ।
डिल्ली भाइ को सम्झना सधै आउने र उहाँको काम प्रतिको अनुभव सधै हामी बिच अमर रहने बताउनु हुन्छ ओमसाइराम अस्पताल प्रा.लीका सञ्चालक अमृतकुमार राजभण्डारी । मेडिकल डिटेलिङ गर्न जादा उहाँ सङ भेट्दा अत्यन्तै खुशी लाग्थ्यो, सधै हौसला दिनु हुन्थ्यो, सम्झाउनु हुन्थ्यो भन्दै सम्झिनुहुन्छ केभा फर्मासियुटिकलका म्यानेजर प्रदिप खनाल । उहालाइ सम्झिदै आज सबैका आँखा रसाएका छन । मृतक अधिकारीका एक छोरा एक छोरी हुनुहुन्छ र दुबै जना मेडिकल लाइनमानै अध्यनरत हुनुहुन्छ ।
२०२८÷०२÷०३ मा भगवान सङ सदासदाको लागि लिन हुनुभएको उहाको अन्तेष्टी कार्यक्रममा चितवन औषधी ब्यवसायी संघका अध्यक्ष ईश्वर भण्डारी, महासचिव लक्ष्मिलाल श्रेष्ठ तथा सदस्यहरु धर्मेन्द्र वन, टेक प्रसाद सापकोटा “बासु”, पुर्ब चितवन का स्वास्थ्य ब्यबसायी भिष्म कुमार श्रेष्ठ, बिनोद नेपाल, अनिल तुलाधर, प्रकाश रिजाल, राजेन्द्र खरेल, सेखर शाह, दिनेश यादव, लगायत उहाँ सेयर सदस्य रहि बिशेष भुमिका मा रहनु भएको चितवन मुटु अस्पताल को सम्पुर्ण टिम–डा.शंकर लौडारी, डा.सन्तोष भुषाल, प्रभात शर्मा, निर्मल शर्मा, दिपक कंडेल, महेश पाण्डे लगाएत उपस्थित हुनुहुन्थ्यो ।
चितवन मुटु अस्पताल
एक सच्चा स्वास्थ्यकर्मी डिल्ली राम अधिकारी प्रती नेपालीको आवाज अनलाईनको तर्फ बाट हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौ ।