रंजीत शर्मा / नवलपरासी / ५ जेठ ।
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाको सिमामा गाेल्लि चल्दा घाइते भएको एक जना युवाकाे उपचारकाे क्रममा मृत्यु भएको छ।

सशस्त्र प्रहरीले चलाएकाे गाेलीबाट प्रतापपुर गाउँपालिका वडा नं. ६ कठहवा बस्ने २२ वर्षीय युवक अविनाश राजभरलाई खुट्टामा गोली लाग्दा गम्भिर घाइते भएका थिए ।

घाइते युवक अविनाश राजभरकाे शहिद स्मृती सामुदायीक अस्पताल चौपतामा उपचार पठाइएको थियो । सो अस्पतालमा उपचार हुन नसकेपछि बुटवल स्थित सिटी असिपतालमा रिफर गरिएको थियो । सिटी अल्पतालका चिकित्सकहरुले राजभरलाई जॉच्ने क्रममा मृत घोषणा गरेका हुन् । त्यस्तै वर्ष ३० काे बिनाेद राजभर सशस्त्र प्रहरीकाे लाैराेकाे प्रहारले घाइते भएकाे छन् ।

प्रतापपुर गाँउपालिका वडा नं. ६ कङ्गलीखोलाको पुर्व तर्फ आज बिहान २ जना युवक भारततर्फ आवश्यक सामान लिन जान खोज्दा सिमामा खटिएका सशस्त्र प्रहरीटोलीले रोक्न खोज्दा विबाद सिर्जना भएपछी स्थानियहरु जम्मा भई प्रहरीसंग केही समय झडप भएपछि सशस्त्र प्रहरीले ५ राउण्ड गोली प्रहार गरेको स्थानिय बताउँछन् ।

बुधबार बिहान तीन/चार जना युवक प्रतापपुर ६ को कठहवा नाका खेतकाेबाटाे हुदै भारत तर्फ जान खोज्दा शसस्त्र प्रहरीले रोक लगाएपछि विवाद सृजना भएको स्थानीय वताएका छन् ।

पछि गाँउका ५०/६० जना मानिस एकै पटक आएपछि प्रहरीले स्थीतिलाई नियन्त्रणमा लिन गोली चलाउनु परेको शसस्त्र प्रहरी बल २६ नम्बर गणका प्रहरी उपरिक्षक महेस अधिकारीले जानकारी दिनुभयो । स्थानियले प्रहरी माथी ढुंगा मुडा गरेपछि बाध्य भएर गोली चलाउनु परेको शसस्त्र प्रहरीले जनाएको छ । घटनामा शसस्त्र प्रहरी तर्फ पनि दुई जना घाईते भएका छन् ।

प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले स्थीतिलाई नियन्त्रणमा लिन गोली चलाउनु परेको बताउनुभयो । घटना पछि सो स्थानको स्थीति तनावपूर्ण बनेको थियो । कोरोना महामारीको समय भएकाले सिमाबाट आउजाउ गर्न कडाई गरिएको प्रशासनको भनाई छ । स्थानियले भने प्रहरीले ज्यादती गरेको गुनासो गरेका छन् ।

तपाईको प्रतिक्रिया