अजित अधिकारी
चितवन । माडीमा एक बृद्ध पुरुषको पोखरीमा डुबेर ज्यान गएको छ । ज्यान जानेमा माडी नगरपालिका २ सितलपुर निवासी बर्ष ६६ का देबी प्रसाद पाण्डे रहेको प्रहरीले जनाएको छ ।
मृतकका परिवारका अनुसार, गएरातीसम्म उनी परिवारकै सम्पर्कमा रहेको र एक्कासि आज (बिहिवार) बिहान ४ बजेदेखि सम्पर्कमा नरहेको परिवारले जनाएको छ । उनको शब पानीभित्र डुबेको अवस्थामा भेटिएको प्रहरीको भनाइ छ । पाण्डेको मृत्यु आत्महत्या वा अन्य केहि कारणबाट भएको भन्ने स्पष्ट हुन नसकेकाले अनुसन्धान भइरहेको र शबलाई पोष्टमार्टमका लागि भरतपुर पठाउन लागिएको ईलाका प्रहरी कार्यालय माडीका प्रमुख झलक शर्मा पौडेलले जानकारी दिए ।











