काठमाडौं । प्रधानमन्त्रीका लागि दाबी पेश गर्ने देउवाले तयारी गरेका छन् । आज साँझ ५ बजे सम्म राष्ट्रपति विद्यादेवी भण्डारीले ७६(५) अनुसार प्रधानमन्त्रीमा नियुक्त गर्न संसदको बहुमत प्राप्त गर्ने आधार प्रस्तुत गर्ने समय दिएकी छन् ।

देउवाले कांग्रेस, माओवादी केन्द्र, एमालेको माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टी (जसपा) को सांसदहरुको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी गनतयारी रहेको बुझिएको छ । जसका लागि अहिले कांग्रेस संसदीय दलको कार्यालयमा चार पक्षका शीर्ष नेताहरुको बैठक बसिरहेको छ ।

तपाईको प्रतिक्रिया