चितवन: चितवनको पर्यटकीय नगरी सौराहामा रहको सपना भिलेज सोसल ईम्प्याक्टले कोरोना कहर नियन्त्रणमा सहयोग अभियान जारी राखेको छ । कोभिड दोस्रो लहरसँगै लगातार सहयोगमा जुट्दै आएको सपना भिलेजले आज फेरि भरतपुर अस्पतालमा विभिन्न स्वास्थ्य समाग्री सहयोग गरेको छ ।

सपना भिलेजका अध्यक्ष धुव्र गिरीले एक समारोहका विच अस्पताल विकास समितिका अध्यक्ष डा.भोजराज अधिकारी र निमित्त मेसु डा.जगन्नाथ तिवारीलाई ति सामग्री हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा माक्स, पिपिई, ग्लोबसहितको १ लाख ६० हजार रुपैया बराबरको सामान प्रदान गरिएको थियो । सो अवसरमा अध्यक्ष गिरीले भुकम्प, नाकावनदी, प्राकृति विपतीसगैँ दिनदुःखी ,गरिब र चेपागं समुदायको उत्थानका लागि निरन्तर सहयोगमा जुटिरहेको बताउँदै भन्नुभयो “हामी अहिले मुख्य रुपमा अक्सिजन,अक्सिजनसँग सम्बन्धित उपकरण, स्वास्थ्य सामाग्री सहयोगमा लागेका छौं ।” कोभिड दोस्रो लहरसँगै अधिक संक्रमितलाई अक्सिजनको आवश्यकता परेको महसुस गरेर नै अक्सीजनसगैँ उपचार संलग्न चिकित्सकहरुको स्वास्थ्यको उच्च ख्याल गर्दै स्वास्थ्य सामाग्री सहयोग गरेका हौँ ।

कार्यक्रममा भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा.अधिकारीले सपना भिलेजले निरन्तर सहयोग गर्दै आएको बताउँदै सपना भिलेजले सुरुमा अक्सीजन सिलिण्डर सहयोगपछि यसैलाई देखेर अरु सहयोग पनि थपिएको बताउँनुभयो । उहाँले भन्नुभयो “सपना भिलेजले सहयोग गरेपछि सहयोगीमनहरु बढ्नुभएको छ ।

सपना भिलेजका निर्देशक डा.कृष्णप्रसाद पौडेलले सञ्चालन गरेको कार्यक्रममा पत्रकार महासंघ चितवनका कोषाध्यक्ष राजेन्द्र आचार्य, डा.सुनिलमणि पौडेल, डा.यदुनाथ शर्मा, सपना भिलेजका म्यानेजर नारायण पुरी, कार्यक्रम निर्देशक सुजन बस्नेत लगायतको सहभागीता थियो ।

यसअघि केहिदिन अघि मात्रै अस्पताललाई पहिलो पटक १० वटा अक्सिजनसहितको सिलिण्डर सहयोग गरेको थियो । यस्तै ईच्छाकामना गाँपालिकामा ५ वटा र रत्ननगर बकुल्लहर अस्पताललाई समेत ७ वटा अक्सीजन सिलिण्डर सहयोग गरेको थियो ।

तपाईको प्रतिक्रिया