चितवन । नेवा मल्टि प्रपोज सोसाइटी दिन दुःखीको सहारा बन्ने काममा अगाडि बढ्दै गएको छ । कोराना महामारीमा दैनिक रुपमा ज्यालादारी, मज्दुरी गरेर खाने तथा बिपन्न रहेका ४४ घर परिवारलाई सो संस्थालाई राहत बितरण गरेको हो । सोसाइटीले आईतबार रत्ननगरमा रहेका ४४ घरपरिवारका बिपन्न, ज्यालादारी, मज्दुरी गरेर दैनिक हातमुख जोर्ने परिवारलाई करिब १ लाख बराबरको राहत सामाग्री बितरण गरेको हो ।

सो संस्थाका अध्यक्ष देवेन्द्र कुमार श्रेष्ठले कोरोना महामारीमा सबैभन्दा बढि प्रभावित भनेको दैनिक रुपमा काम गरेर खाने वर्ग रहेकाले उनिहरुको दैनिक रोजि रोटीनै खोसिएको महसुस गरि सहयोग गरिएको बताए । उनले यो सहयोग कार्यक्रम पहिलो चरणको रहेको र दोस्रो चरणमा पनि यस्तै सहयोग गर्ने बताए ।

उनले सिंगापुर बसेर टाईम्स रेष्टुरेन्ट संचालन गर्ने सोसाइटीका सदस्य निरन्जन श्रेष्ठ ’टम’ को अग्रसरतामा सो कार्यक्रम गर्न संस्था सफल भएको बताउदै टमलाई धन्यवाद पनि दिए ।

श्रेष्ठले प्रती परिवार राहत स्वरुप दिइएको सामाग्रीहरुमा प्रतिघर चामल ३० केजिको १ बोरा, दाल २ केजि, चना १ केजि, आलु ४ केजि, तेल २ पाकेट, नुन १ पाकेट, सोयाबिन १ पाकेट, चिनी १ केजि, चियापत्ती १ पाकेट, धुन मिल्ने कोरिएन मास्क २ थान रहेको बताए ।

सो राहत बितरण कार्यक्रममा संस्थाका सचिव सुरेन्द्र लाल श्रेष्ठ, कोषाध्यक्ष गोबिन्द श्रेष्ठ, कार्य समिति सदस्यहरु क्रमशः दिनोज श्रेष्ठ, सुन्दर श्रेष्ठ, कृष्ण गोपाल श्रेष्ठ, गोपाल श्रेष्ठ, बिकास कर्मचार्य, पूर्व फुटवल खेलाडी सुर्यमान श्रेष्ठ लगाएतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया