काठमाडौं । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपाललाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्कासन गरेका छन् । नेकपा एमाले स्थायी कमिटीको बुधवार बसेको बैठकले खनाल र नेपाल सहित विघटित संसदका ११ जना सांसदलाई निष्कासन गरेको हो ।

प्रधानमन्त्री निवासमा शनिवार बसेको बैठकले स्पष्टिकरण मागिएका झलनाथ खनाल, माधव कुमार नेपाल र भीम रावलसहित ११ जनालाई पार्टीको अनुशासन उल्लंघन गरेको र विपक्षी पार्टीका नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको अभियोगमा निष्कासन गरेको स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिए ।

ओलीद्धारा निष्कासित सांसदमा समानुपातिकबाट सांसद बनेका रामकुमारी झाँक्री, मुकुन्द न्यौपाने, कलिला खातुन, सरला यादव, निरादेवी जैरु, पुष्पा कर्ण कायस्थ, लक्ष्मीकुमारी चौधरी र कल्याणी खड्का समेत रहेका छन् ।

तपाईको प्रतिक्रिया