महेश पाण्डे
चितवन । बागमती प्रदेशका सांसद कृष्ण खनालले आयुर्वेद उपचारका लागि रत्ननगर जाउँ भन्ने अभियान चलाउनु पर्ने बताएका छन् । बिहिबार जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, रत्ननगरको ब्यवस्थापन समितिको भर्खरैमात्र अध्यक्ष बनेका राजेन्द्र कुमार श्रेष्ठलाई स्वागत गर्न आयोजित कार्यक्रममा प्रमुख अतिथि समेत रहेका बागमती प्रदेशका सांसद कृष्ण खनालले सो कुरा बताएका हुन् ।

खनालले जिल्ला आर्युवेद स्वास्थ्य केन्द्र, रत्ननगर स्थापनाको धेरै समय पछि ब्यवस्थापन समिति अध्यक्ष पाएकोमा खुसी ब्यक्त गरे । उनले कोरोना महामारीमा जनतामा आयुर्वेदको भुमिका र बिश्वास बढेको बताए । उनले ब्यवस्थापन समिति अध्यक्षको रुपमा आएका श्रेष्ठ सामाजिक ब्यक्तित्व भएको र उनि जहाँ जान्छन् सो संस्थालाई सफल बनाउने गरेको धारणा ब्यक्त गरे ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, रत्ननगर निकै राम्रो स्थानमा रहेको भएपनि बिभिन्न कारणले पछाडि परेको बताउदै खनालले अब अधुरो रहेको भवन पूरा गर्न आफु लागि पर्ने बताए । उनले आफु प्रतिनिधिको हिसाबले साथै नव आगन्तुक अध्यक्ष र कार्यालय प्रमुख डाक्टर कोपिला अधिकारी सबै मिलेर केन्द्रलाई सफलताको उचाईमा पुर्याउने बताए । उनले सो कार्यसँगै “आयुर्वेद उपाचारका लागि रत्ननगर जाउँ” भन्ने अभियान चलाउनु पर्ने धारणा पनि ब्यक्त गरे ।

बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका तथ्यांक अधिकृत इन्द्र मणि भण्डारीले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, रत्ननगर बिभिन्न कारणले पछाडि परेको र नेपाली जनमानसलाई एलोपेथिकले पेलेको अवस्थामा श्रेष्ठको आगमन भएसँगै केन्द्रमा केही नया काम हुनेमा आफु आशावादी रहेको बताए ।

केन्द्रका ब्यवस्थापन समितिमा भर्खर मात्रै आएका राजेन्द्र कुमार श्रेष्ठले प्रदेश सरकारले आफुलाई निकै महत्वपूर्ण जिम्मेवारी दिएकोमा खुसी ब्यक्त गरे ।
उनले आयुर्वेद हजारौ वर्ष देखि चलिआएको उपचार पद्धति भएपनि बिभिन्न कारणले पछि परेको बताउदै सबैको साथ र सहयोग पाएमा सरकारले राखेको आसा आफुले पूरा गर्ने धारणा ब्यक्त गरे ।

उनले अन्य क्षेत्रमा आफु रहदा सफल जिम्बेबारी पुरा गरेझै केन्द्रको जिम्मेवारीलाई पनि सबैको साथ र सहयोगले पूरा गर्ने र उचाईमा पु-याउने प्रतिबद्धता पनि ब्यक्त गरे ।

बकुलहर रत्ननगर अस्पतालका अध्यक्ष गोपाल कर्मचार्यले राजेन्द्र कुमार श्रेष्ठ अध्यक्ष बनेर आउदा खुसि लागेको बताए । उनले केन्द्रले आफै औषधी बनाएर सबैलाई दिने सोच बनाएकोमा त्यो सोच पूरा होस भनि शुभकामना पनि ब्यक्त गरे । उनले त्यसकालागि भने सबै कर्मचारी मिलेर अगाडि बढे मात्र सम्भव हुने बताए ।

केन्द्रकी कार्यलय प्रमुख डा. कोपिला अधिकारीले केन्द्रले पहिलो पटक अध्यक्ष पाएको बताउदै आजको दिन निकै महत्वपूर्ण भएको बताईन् । उनले आफु आएको २ वर्षमा पहिलोपटक अध्यक्ष पाएकोमा खुसी ब्यक्त गरिन । उनले हालका दिनमा भौतिक संरचनाको अभावले कोभिडका बिरामी राखेर उपचार गर्न सक्ने अवस्था नभएको बताउदै त्यो पूरा गर्नसके कोरोना बिरामीको पनि उपचार सहजै गर्न सकिने धारणा ब्यक्त गरिन् ।

अधिकारीले आयुर्वेकिदक औषधी कोभिडको उपचारको लागि पनि उपयोगी रहेको बताईन । उनले भरतपुर–१५, शिवनगरमा २० वेडको आइसोलेसन वार्डको लागि प्रदेशबाट स्वीकृत भइसकेको र अबको २–३ दिनमानै सो आइसोलेसन वार्डको सुरु हुने जानकारी दिइन ।

उनले केन्द्रले बकुलहर आफ्नौ ठाउँमा आर्युवेदिक औषधी उत्पादन गरेर बागमती प्रदेशका ९६ वटा आयुर्वेदिक केन्द्रमा पुराउने लक्ष्य लिएको बताउदै सो पुरा गर्न सबैको सहयोगले आवश्यक पर्ने बताईन् ।

सो कार्यक्रममा उपस्थित सबैलाई कोभिड बिरामीलाई निकै उपयोगी मानिएको आर्युवेदिक औषधी गुर्जाेको बिरुवा पनि बितरण गरिएको थियो ।

तपाईको प्रतिक्रिया