चितवन । नेविसंघले प्रतिगमन विरुद्ध पूर्वी चितवनकाे टाँडिमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेकाे छ ।

मंगलबार साँझ नेविसंघ चितवन, नेविसंघ क्षेत्र नं. (ख), नेविसंघ रत्ननगर, नेविसंघ शहिद स्मृति क्यापसमा आवद्घ युवाहरुले रत्ननगरकाे साैराहा चाेक देखि टाँडी चाेक सम्म मसाल बालेर नारावाजी गर्दै प्रधानमन्त्री र राष्ट्रपतिले चालेकाे असंवैधानिक कदमकाे बिराेधमा पुत्ला दहन गरेका हुन ।
‘के पि ओलि मुर्दावाद’ ‘प्रतिगमन मुर्दावाद’ जस्ता नाराबाजि गर्दै युवाहरुले पुत्ला दहन गर्दैगर्दा सुरक्षाकर्मीले अबरोध गरेको थिए । अबरोध संगसँगै प्रहरीले लाठीचार्ज गर्दै युवाहरुलाई लखेटे पनि कुनै गिरफ्तारी भने भएन । प्रहरीको लाठीचार्जबाट नेविसंघका सदस्यद्वय दिलिप पराजुली र मनाेज आचार्य सामान्य घाइते भएकाे नेविसंघ जिल्ला उपाध्यक्ष आयुषचन्द्र श्रेष्ठले नेपालीको आवाज डटकमलाई जानकारी दिए ।
साे पुत्ला दहनमा नेपाल विद्यार्थी संघ जिल्ला उपाध्यक्ष आयुषचन्द्र श्रेष्ठ, नेविसंघ शहीद स्मृति बहुमुखी कयाम्पसका सभापति बिवेक उदास, नेविसंघ शहीद स्मृति बहुमुखी क्याम्पसका सचीव मनिष सुवेदी, नेविसंघ सहिद स्मृति क्याम्पस सह-सचिब संजोग खनाल, नेपाल विद्यार्थी संघ रत्ननगर अध्यक्ष कल्याण अर्याल, नेपाल विद्यार्थी संघ खैरहनि अध्यक्ष सुरज बस्नेत, नेविसंघ बिरेन्द्र बहुमुखी क्याम्पस सह-सचीव दिलिप पराजुली, विद्यार्थी नेता एवं बि.पी. कोईराला युवा नेतृत्व बिकास मंच रत्ननगरका संयोजक मनोज आचार्य, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि सञ्जय लामा, नेविसंघ सदस्य सुमित काफ्ले लगायतको उपस्थिति रहेको थियो ।
नेविसंघले प्रतिगमन विरुद्ध पूर्वी चितवनकाे टाँडिमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेकाे छ ।
https://www.nepalikoaawaj.com/2021/05/21866/















