चितवन । नेविसंघ खैरहनीले प्रतिगमन विरुद्ध पूर्वी चितवनको चैनपुरमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेको छ । बुधवार साँझ नेविसंघ खैरहनीमा आवद्ध युवाहरुको एक समुहले पूर्वी चितवनको चैनपुर चोकमा मसाल बालेर नारावाजी गर्दै प्रधानमन्त्री र राष्ट्रपतिले चालेको असंवैधानिक कदमको बिरोधमा पुत्ला दहन गरेका हो ।

युवाहरुले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गर्दै ‘के पि ओलि मुर्दावाद’ ‘प्रतिगमन मुर्दावाद’ जस्ता नाराबाजि गरेका थिए । सो पुत्ला दहन कार्यक्रममा नेबिसंघ खैरहनीका सदस्यहरु तथा नेपाली कांग्रेसमा बिश्वास रहेका युवाहरुको उपस्थिती रहेको नेविसंघ खैरहनीका अध्यक्ष शुरज जंङ्ग बस्नेतले नेपालीको आवाज डटकमलाई जानकारी दिए ।

तपाईको प्रतिक्रिया