अजित अधिकारी
चितवन । माडी नगरपालिकाकी उप प्रमुख ताराकुमारी काजी महतोले आँफुले प्रयोग गर्दै आएको गाडी केहि समयको लागि बिरामी ओसारपसारमा सहयोग गर्ने बताएकी छन । बिश्वब्यापी रुपमा कोभिड महामारीमा यसले बिश्वको जनजीवन नै आक्रान्त बनाइरहेका बेला कयौं मानिसहरु एम्बुलेन्सको अभावमा ज्यान गुमाइरहेको अबस्था छ । यस्तो अबस्थाको सिर्जना नहोस् भन्ने उदेश्यले नै आँफुले प्रयोग गर्दै आएको नगरपालिकाको गाडी केहि समयको लागि बिरामी ओसारपसारमा सहयोग गर्ने भएकी हुन् । उनी भन्छिन, म जनताको प्रतिनिधि भएको कारण यस्तो विषम परिस्थितिमा मलाई टुलुटुलु हेरेर बस्न मन लागेन ।

कहिलेकाही मन भक्कानिएर आउँछ । दिनदुखी गरिबीहरुको अबस्था देख्दा, सुत्केरी, गर्भबती, नबजात शिशु तथा बिरामीहरुले एम्बुलेन्सको अभावमा कता ज्यान गुमाउनुपर्ने त होइन ? भन्ने चिन्ताले आँफुलाई सार्है सताएको उनले बताइन् । साथै उनले आफ्नो फेसबुकमा म कोभिड बिरामीहरुका लागि अादरणिय माडीबासी बुवाअामा दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक नमस्कार, काेभिड १९ काे याे माहामारिमा सबै जना सुरक्षित रहि स्वास्थ्यकाे मापदण्डलाई पालना गराै, अाँफु बचाैं अरुलाई पनि बचाउँ, काेभिड संक्रमितहरुलाई स्वास्थ्य लाभकाे कामना गर्दछु ।

याे माहामारीकाे बेला अति सम्बेदन शिल अवस्थामा रहेका गर्भवती, सुत्केरी, नवजात शिशु, जाँच वा उपचारको अवस्थामा कुनै बेला एम्बुलेन्स नपाइन सक्छ । यस्तो अवस्थामा समयमा अस्पतालमा पुग्न सकिएन भने अामा र बच्चा दुबैलाई खतरा हुने भएकाले यदि त्यस्ता समस्या परि अाएमा मलाई खबर गरिदिनु हाेला । माडी नगरपालिकाको मैले प्रयाेग गर्दै अाएकाे गाडी मार्फत सहयाेग गर्ने छु । भन्ने प्रतिबद्धता फेसबुक मार्फत जाहेर गरेकी छन ।

तपाईको प्रतिक्रिया