महेश पाण्डे
चितवन । पूर्वी चितवनको रत्ननगरमा कोरोना ग्राफ सुरुवाती अवस्था देखि हालसम्म पनि उही गतिमा रहे पछि आखिर किन ओरोलो लाग्दैन रत्ननगरको कोरोना ग्राफ ? भन्ने प्रश्न सबैको मनमा उब्जिएको छ । जसको उत्तर नेपालीको आवाज डटकमले खोज्ने प्रयास गरेको छ ।

रत्ननगरमा हरेक दिन जसो १५ देखि २५ जना सम्म थपिने क्रम रोकिएको छैन । सोमबार रत्ननगरमा २० जना कोरोना संक्रमित थपिएसँगै जम्मा संख्या ५३५ पुगेसँगै यो कुरा पुष्टि हुन्छ । हरेक दिनको कोरोना रिपोर्ट हेर्ने हो भने पनि यहि वा यस्तै आकँडा देखिने गरेको छ । अझ भनौ कि रत्ननगरमा कोरोना महामारीको दोस्रो लहरको सुरुवात भएसँगै बढेको रत्ननगरको कोरोना ग्राफ घट्ने भन्दा पनि हालसम्म पनि बढ्ने क्रममानै रहेको देखिएको छ ।

यस्तो किन भयो त भन्ने नेपालीको आवाज डटकमको प्रश्नमा रत्ननगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव पौडेल भन्छन् यसो हुनुको कारण बकुलहर रत्ननगर अस्पतालसंगै ४ ठाउँमा सुरु भएको कोरोना एन्टिजेन परिक्षण पनि रहेको बताउछन् । पौडेलले बताए अनुसार हप्ताको ४ दिन कोरोना एन्टिजेन परिक्षण सुरु गरेसँगै संक्रमितको संख्या बढ्दो क्रममा देखिएको भएपनि भरतपुरबाट आउने संक्रमितको आकंडामा भने कमि आएको छ । उनले हालका दिनमा कोरोना पुष्टि भएका बिरामीका आफन्त र नजिकमा आएका अझ खासगरि लक्षण देखिएका बिरामीको पनि एन्टिजेट परिक्षण सुरु गरिएकाले यसो भएको हो ।

सोमबारको अर्थात जेष्ठ १६ गते एकै दिन २० जना कोरोना संक्रमित थपिएसंगै कोरोनाको यो दोस्रो लहरमा संक्रमितको संख्या रत्ननगरमा ५३५ पुगेको हो । बुधबार थपिएका कोरोना संक्रमितसँगै रत्ननगरमा कोरोनाको दोस्रो लहर अर्थात बैशाख ३ गते देखि यता जेष्ठ १६ गते सम्ममा संक्रमितको संख्या ५३५ पुगेको हो । जसमा २८६ जना संक्रिय संक्रमित, २७३ जना होम आइसोलेसनमा, ११ जना हस्पिटलमा र २ जना नगरको आइसोलेसन अर्थात बकुलहर रत्ननगर अस्पतालमा रहेका छन् भने २३६ जनाले कोरोनालाई जित्न सफल भएका छन् । हालसम्म कोरोनाको यो दोस्रो लहरमा १३ जनाको कोरोनाकोनै कारणले मृत्यु भइसकेको छ ।

यसैबिच रत्ननगर नगरपालिकाले बकुलहर रत्ननगर अस्पताल लगाएत अन्य स्वास्थ्य चौकीमा कोरोनाको निशुल्क एन्टिजेन परिक्षण गर्दै आएको छ । हालसम्म गरिएको एन्टिजेन परिक्षणमा ५४ जना पोजेटिभ आएको छ भने भरतपुरमा गरिएको पिसीआर परिक्षणमा ४८१ जनामा कोरोना पोजेटिभ आएको छ ।

रत्ननगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पौडेल भन्छन् यो आँकडा बढ्नुको मुख्य कारण कोराना पुष्टि भएर होम आइसोलेसनमा बसेकाहरुले लापरवाही गरि आइसोलेसनमा शुरक्षित तरिकाले नबस्दा परिवारमा अन्यलाई सार्दा बढेको हो । उनले त्यसरी एउटा घरको संक्रमितले परिवारका ३ जना सम्मलाई कोरोना सारेको पाइएको उनको भनाई छ ।

त्यसबाहेक पनि हस्पिटल जाने आउने गर्दा, बाहिर कामनै नपरी हिड्दा, स्वास्थ्य मापदण्ड पुरा नगरी बिना माक्स हिडडुल गर्दा पनि र सेनिटाईजर प्रयोग नगर्ने र लुकी छिपी होटल खोल्दा पनि त्यसबाट पनि कोरोना सरेको पाइएको पौडेलको जिकिर छ ।
यसरी हेर्दा रत्ननगरमा कोरोना भाइरसको संक्रमण तिब्र गतिमा फैलिरहेकोले सबैलाई सचेत रहेर लकडाउनको पुर्ण रुपमा पालना गर्न स्वास्थ्य शाखा प्रमुख पौडेलको आग्रह रहेको छ ।

तपाईको प्रतिक्रिया