चितवन । रत्ननगरमा रहेको नेवा मल्टि प्रपोज सोसाइटीले रत्ननगरमा रहेका १२५ घरपरिवारका बिपन्न, ज्यालादारी, मज्दुरी गरेर दैनिक हातमुख जोर्ने परिवारलाई करिब ३ लाख बराबरको राहत सामाग्री बितरण गरेको छ । जेष्ठ ९ गते पनि ४४ घरपरिवारलाई पनि करिब १ लाख बराबरको सहयोग सामाग्री हस्तान्तरण गरको सोसाइटीले शान्ति मेड नेपाल, स्युजरल्याण्डको सहयोगमा रत्ननगरमा रहेका अन्य १२५ घरपरिवारलाई मंगलबार खाद्यन्न लगाएतको सामाग्री सहयोग गरेको हो ।

सो संस्थाका अध्यक्ष देवेन्द्र कुमार श्रेष्ठले कोरोना महामारीमा सबैभन्दा बढि प्रभावित भनेको दैनिक रुपमा काम गरेर खाने वर्ग रहेको बताउदै उनिहरुको दैनिक रोजि रोटीनै खोसिएको महसुस गरि सहयोग गरिएको बताए ।

उनले नेपालीको आवाज डटकमसँग कुराकानी गर्दै समस्यामा परेकालाई सहयोग अहिले नगरे कहिले गर्ने ? भन्ने प्रश्न गर्दै सो सहयोग कार्यक्रम दोस्रो चरणको रहेको बताउदै संस्थाले यसरीनै सहयोग हस्तान्तरण कार्यक्रम गर्दै जाने जिकिर गरे ।

उनले सो १२५ घरपरिवार छनोटका लागि समितिनै निर्माण गरिएको र सो समितिमा सञ्जय लामा, दिर्घ चौधरी, स्वागत अधिकारी, सुकराम चौधरी लगाएतको टिम रहेको जानकारी दिए ।

उनले सो संस्था स्थापना गर्ने २५ जना सदस्यले बिपद र प्रकोपका परेकाको सहयोगका लागि भनेर प्रति ब्यक्ति १५ हजार सहयोग रकम संकलन पनि भएको जानकारी दिए ।

श्रेष्ठले सो सहयोग सामाग्री हस्तान्तरण कार्यक्रम लगत्तै रत्ननगर—३ मा कोरानाले मृत्यु वरण गरेका आचार्य बावुछोराको परिवारलाई रु १५ हजार नगद पनि प्रदान गरिएको जानकारी दिए ।

सो खाद्यान्न सामाग्री प्रदान गर्न सहयोग गर्ने शान्ति मेड नेपाल, स्युजरल्याण्डका ब्यवस्थापक समिन श्रेष्ठले १२५ घरधुरीलाई सहयोग गर्न पाउदा निकै खुसी लागेको बताए ।

उनले यस अघि पनि कोरोनाको पहिलो लहरमा रत्ननगर नगरपालिकालाई रु ५ लाख र बकुलहर रत्ननगर अस्पतालसंगको सहकार्यमा अस्पतालमा आएका बिपन्न, सुत्केरी तथा असाहायलाई पनि सहयोग गरिएको बताए ।

सो संस्थाले प्रती परिवार राहत स्वरुप दिइएको सामाग्रीहरुमा प्रतिघर चामल ३० केजिको १ बोरा, दाल २ केजि, चना १ केजि, आलु ४ केजि, तेल २ पाकेट, नुन १ पाकेट, सोयाबिन १ पाकेट, चिनी १ केजि, चियापत्ती १ पाकेट, धुन मिल्ने कोरिएन मास्क २ थान लगाएतको सहयोग सामाग्री बितरण गरेको थियो ।

सो राहत बितरण कार्यक्रममा संस्थाका सचिव सुरेन्द्र लाल श्रेष्ठ, कोषाध्यक्ष गोबिन्द श्रेष्ठ, कार्य समिति सदस्यहरु क्रमशः दिनोज श्रेष्ठ, सुन्दर श्रेष्ठ, कृष्ण गोपाल श्रेष्ठ, गोपाल श्रेष्ठ, रामकृष्ण श्रेष्ठ, नरेन्द्र श्रेष्ठ, बिकास कर्मचार्य, कृष श्रेष्ठ, डिआई श्रेष्ठ, राजेन्द्र श्रेष्ठ, हेमराज वादे श्रेष्ठ, देव मानन्धर, रबिन जोशी, गोपाल श्रेष्ठ लगाएतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया