अजित अधिकारी
चितवन । माडीमा यस बर्ष गत बर्षको तुलनामा बर्षे मकैको उत्पादन राम्रो हुने देखिएतापनि केहिदिनदेखि परेको अबिरल बर्षाले मकैको उत्पादनमा ह्रास आउने देखिएको छ । अत्यधिक बर्षा भएमा यसले मकैको प्रजनन क्षमता तथा दानाको वृद्धि बिकासमा असर पुर्याउनुका साथै मकैको पात पहेंलो हुने जस्ता समस्याहरु देखिन सक्ने कृषि विशेषज्ञहरु बताउँछन । यो संगै बिरुवा ढल्ने समस्या देखिन सक्छ ।

तर यस्तो समस्या देखिना साथ पानी जम्ने खेतहरुमा तत्काल निकासको ब्यबस्थापन गर्नुपर्ने राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुर चितवनका प्राबिधिक अधिकृत गोबिन्द हमालले नेपालीको आवाज डटकमसंग बताए । उनका अनुसार, मकै लगाएको दिनदेखि बाहेक गोड्ने बेलाको समयमा मकैलाई पानीको आबश्यकता पर्दछ । यसपछि मकैको लागि आबश्यकता अनुसार सिंचाइ गर्नुपर्छ ।

यो समय भनेको मकैको बिरुवाले धान जमरा सुत्ला उत्पादन गर्ने समयमा त्यतिखेर पानीको आबश्यकता पर्दछ । बिरुवालाई चाहिने खनिज पदार्थ एबम खाना उत्पादन गर्न पानीको आबश्यकता पर्ने हुँदा खासगरी यस्तो समयमा बिरुवालाई पानी चाहिने उनले बताए । उनी भन्छन टाँडी खेतमा भन्दा घोल खेतमा बर्षातको समयको पानी जम्ने हुँदा त्यस्ता खेतहरुमा तत्काल निकासको ब्यबस्थापन गर्नुपर्ने तर आत्तिहाल्नु नपर्ने कृषि अधिकृत हमालको भनाइ छ । अहिले अधिकांश मकैहरुमा अब दाना लाग्ने काम भइसकेकाले पनि पानीको निकास भएका खेतहरुमा यसले खासै असर नपार्ने उनको बुझाइ छ ।

तपाईको प्रतिक्रिया